२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिसोले हिल्सा प्रहरी चौकीका प्रहरी सिमकोट पुगे

अ+ अ-

सिमकोट । नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् । हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो ।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो । तापक्रम माइनस डिग्रीमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

हिल्सा प्रहरी चौकीका प्रहरी निरीक्षक जङ्गबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मङ्गलबार सदरमुकाम सिमकोट सारिएको हो । यसअघि सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको थियो भने हिल्सा नाकामा खटिएको प्रहरी चौकी मङ्गलबार सीमा छोडेर जिल्ला सदरमुकाम सिमकोट पुगेको छ । चिसोका कारण सदरमुकाम सिमकोट आइपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेभएका छन् ।

यस्तै चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) टोली चिसो बढे पनि सीमा सुरक्षामै खटिने भएको छ । सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेका २२ जना उतै बस्ने भएका हुन् ।