१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको कर्मचारी कि इन्स्टिच्यूडको प्रशिक्षक !

अ+ अ-

काठमाडौँ । ‘लोक सेवाको परीक्षा दिने कर्मचारीले कार्यालयको कामै गरेनन्, बारै महिना पढेर मात्र बसे, सरकारी स्रोत साधनको दुरुपयोग गरे, त्यसैले कर्मचारीले लोक सेवाको परीक्षा नै दिन नपाउने व्यवस्था गरिनुपर्छ’ उच्च प्रशासनिक तहमा उठेको यो बहस सेलाउन नपाउँदै सिंहदरवारमा पुनः अर्को गाइँगुइँ सुनिँदै छ ‘प्रशिक्षक कर्मचारीले पढाउन गएर हैरान पारे, गोप्य सूचना चुहाए, कार्यालयमा नोट बनाउँदै बसे अनि बिहान बेलुकी निजी इन्स्टिच्युटमा पढाएर सरकारका फलाना…भनेर नामैसहित प्रचार गर्न थाले’

पछिल्लो समय निजी इन्स्टिच्यूटहरुले सरकारी कर्मचारीको फोटोसहित नै लोक सेवा कक्षाहरुबारे प्रचार प्रसार गर्न थालेपछि सरकारले ‘प्रशिक्षक कर्मचारी’हरूका लागि थप कानुनी व्यवस्था गर्न लागेको प्रशासन विशेष सूत्रले सूचना पाएको छ ।

‘पढ्नु-पढाउनु नराम्रो होइन तर फलानो सचिव, सहसचिव, उपसचिव, अधिकृत भन्दै फोटोसहित नै प्रचार त अति भएन र ?’ एक उच्च अधिकारीले प्रशासन सिंहदरवार ब्युरो प्रतिनिधिसँग भने, ‘बहालवाला सरकारी कर्मचारीले निजी इन्स्टिच्युटमा सरकारी पद बेच्न पाइन्छ ?

महिना, गते, बार र समय नै तोकेर इन्स्टिच्युटको ब्यानरमा कर्मचारीले पदसहित फोटो नै प्रकाशित गरेकोप्रति उनको आक्रोश थियो ।

‘ठेक्का नै लिएर पठाउने गरेको जानकारी सरकारलाई प्राप्त भएको छ’ ती अधिकारीलेले कडा शब्दमा भने, ‘हुँदा हुँदा सिंहदरवारमै पनि पढाउन थालेछन् भन्ने पनि सुन्नमा आएको छ’

उनले यस विषयमा सरकारले छिट्टै कुनै निर्णय गर्नेसमेत जानकारी गराए ।

त्यसो त यस्तो निर्णय हुन लागेको यो पहिलो पटक भने होइन, यसअघि पनि लोक सेवा तयारीका नाउँमा कार्यालय नै रित्तिने गरी बिदा बस्ने, कुर्सीमा कोट झुन्ड्याएर भाग्ने, कार्यालय समयमा सरकारी गाडी लिएर लोक सेवा पढाउन जाने प्रवृत्ति बढेको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयहरूलाई परीक्षा तयारीका नाउँमा कर्मचारीलाई बिदा नदिन र तयारीका नाउँमा हुने स्रोतसाधनको दुरुपयोग रोक्न निर्देशन दिएको थियो । ‘विगत केही दिनदेखि लोक सेवा आयोगद्वारा सञ्चालन गरिने आन्तरिक तथा खुला परीक्षा तयारी प्रयोजनका लागि कार्यालय समयमा कर्मचारी अनुपस्थित रहने भन्ने जनगुनासो रहन आएको छ,’ मन्त्रालय तत्कालीन सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय र निकायलाई लेखेको पत्रमा भनिएको थियो, ‘अत्यावश्यक कामका लागि मात्र बिदा दिने र सेवा प्रवाहको कार्य नियमित हुने व्यवस्था मिलाउन र बिदा स्कीकृत नगराई अनुपस्थित हुने कर्मचारीको अभिलेख राखी कारबाही अघि बढाउन अनुरोध छ ।’

कर्मचारी वृत्तमा प्रख्यात हाटा अर्थात् हाजिर गर्ने र अन्यत्र व्यक्तिगत काममा टाप कस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न बेला बेलामा यस्ता परिपत्र गरिराख्नुपर्ने माग कर्मचारी भित्रैबाट उठ्ने गरेको छ ।

कर्मचारीलाई पढ्न लेख्न र वृत्तिविकासका लागि अघि बढ्न रोक्नु हुँदैन तर सरकारी मर्यादा कायय राख्ने कुरामा भने सरकारले आवश्यक निर्णय गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस