२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल अधिकारको सम्मान गर्न आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको संरक्षण गर्न सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बाल अधिकारसम्बन्धी महासन्धि, संवैधानिक तथा कानूनी व्यवस्था, अदालतका फैसला र आयोगका सिफारिसको प्रभावकारी कार्यान्वयन गर्न तथा बालविवाह, बालश्रम, बाल यौन दुव्र्यवहारजस्ता बालहितविपरीत घटना निराकरण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ ।

कोभिड-१९ को महामारीको अवस्थामा गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको वैकल्पिक शिक्षामा पहुँच पुग्न नसक्दा शिक्षाको समान पहुँचसमेत बालबालिका वञ्चित हुन पुगेको उल्लेख गर्दै नेपालले बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तरराष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

विभिन्न कारणले बालबालिका सामाजिक बहिष्करण, डर, त्रासलगायत कारण बलात्कार तथा यौन हिंसाबाट पीडित बालिका न्यायप्राप्तिको अधिकारबाट बञ्चित हुनुपरेको आयोगको अध्ययनको क्रममा देखिएको उल्लेख गरिएको छ । बाल अधिकारको सम्मान, संरक्षण र संवद्र्धनका लागि संयुक्त राष्ट्र सङ्घद्वारा बालअधिकारसम्बन्धी महासन्धि, १९८९ जारी भएको आज ३१ वर्ष पूरा भएको छ । यस अवसरमा आयोगले सम्पूर्ण बालबालिकाप्रति शुभकामना व्यक्त गरेको छ ।