२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध सेवनमा फस्दै बालबालिका

अ+ अ-

टीकापुर । विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ ।

कैलालीको जनता राष्ट्रिय मावि सोनाहफाँटाका शिक्षक कृष्ण चौधरीले लागुऔषधको कुलतमा लागेकै कारण कतिपय विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको बताउँछन् । ‘हाम्रो आसपासका विद्यालयमा हरेक वर्ष आठ/दश बालबालिका लागुऔषधमा फसेकै कारण विद्यालय छोड्छन्’, शिक्षक चौधरी भन्छन्, ‘विद्यालय बन्द भएको आठ महिना भयो । विद्यार्थी फुर्सदिला भएका छन् । अझ गलत सङ्गतमा फस्ने जोखिम बढेको छ ।’

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँको तथ्याङ्कमा पोहोर अर्थात् २०७६ सालमा १९ वर्षमुनिका लागुऔषध सेवनकर्ता २१ प्रतिशत छन् । विसं २०७६ मा सबै उमेरका नेपालभर एक लाख ३० हजार ४२४ लागुऔषध प्रयोगकर्ता रहेका छन् । तीमध्ये पुरुषको सङ्ख्या एक लाख २२ हजार छ भने महिला झण्डै नौ हजार छन् ।

लागुऔषधका रूपमा गाँजा, अफिम, सुँघ्ने र उत्तेजना दिने पदार्थको प्रयोग हुने प्रहरीले जनाएको छ । सबैभन्दा बढी गाँजा र त्यसले बनेका लागू पदार्थको प्रयोग भइरहेको छ । साथीको दबाब, मनोरञ्जन, तनावजस्ता कारणले पनि लागुऔषध प्रयोगकर्ता बढेका लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँका प्रहरी उपरीक्षक कृष्णकुमार महत बताउँछन् । ‘बालबालिका गलत सङ्गतका कारण बढी कुलतमा फसेको देखिन्छ’, उनी भन्छन्, ‘‘बालबालिकालाई जोगाउने बढी दायित्व अभिभावककै हुन्छ । किशोरावस्थाका नानीबाबुको आनीबानीको निगरानी आवश्यक छ ।’

शिक्षा विकास तथा समन्वय एकाइ कैलालीको तथ्याङ्कमा विसं २०७४/७५ मा विद्यालय छोड्ने विद्यार्थी चार प्रतिशत छन् । यद्यपि लागुऔषधकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क एकाइसँग छैन ।

बालबालिका तथा किशोरकिशोरीलाई कुलतबाट जोगाउन कैलालीको टीकापुर नगरपालिकाले वडामा चेतनामूलक कार्यक्रम र विद्यार्थीलाई प्रशिक्षण दिइरहेको वडा नं ७ का वडाध्यक्ष रामलाल डगौरा थारू बताउँछन् । ‘हामीले प्रहरीसँगको साझेदारीमा विद्यालय र बस्तीस्तरमा लागुऔषधका असरबारे जानकारी दिने गरिरहेका छौँ’, उनी भन्छन्, ‘कुलत सेवनको असर समाजमा हुने आपराधिक गतिविधिसँग समेत जोडिने भएकाले यसलाई रोक्न जिम्मेवार भएर लागेका छौँ तर लकडाउनपछि गाउँमै गएर कार्यक्रम गर्न सकिएको छैन ।’

टीकापुर बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका उपप्राध्यापक नाथुराम चौधरी लागुऔषध प्रयोग घटाउन सीमा नाकामा जाँच बढाउने, लागुऔषधको प्रयोगबाट हुने हानी नोक्सानीबारे चेतना फैलाउने, कानूनको कडा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । ‘बालबालिकालाई माया देखाएर सही बाटोमा हिँडाउन अभिभावकले समय दिनुपर्छ’, उपप्राध्यापक चौधरी भन्छन्, ‘बालबालिकाले अभिभावकको साथ नपाएर पनि बिग्रिएका भेटिन्छन्, सन्तानलाई सही बाटो देखाउन चुक्न हुँदैन, एउटा बच्चा बिग्रिए समाज बिग्रन्छ ।’

कुलतले बालबालिकालाई शारीरिक, मानसिकरूपमा मात्र कमजोर नबनाएर पारिवारिक कलह पनि बढाउने गर्छ । यसरी गलत सङ्गत वा गलत बाटोमा लागेका बालबालिकालाई ‘रिह्याब सेन्टर’ अर्थात् पुनःस्थापना केन्द्रमा राख्न सकिन्छ । कैलालीको टीकापुरमा मात्र चारवटा पुनःस्थापना केन्द्र छन् । यसले पनि समाजमा लागुऔषध प्रयोग बढ्दो छ भन्ने देखाउँछ । टीकापुरका पुनःस्थापना केन्द्रमा विद्यालयमा पढ्ने उमेरका विद्यार्थी पनि छन् ।

टीकापुरका एक अभिभावक समय दिन नपाउँदा आफ्नो छोरा कुलतमा फसेको बताउँछन् । ‘म दिनभरि ज्यालादारी काम गर्थेँ, १६ वर्षमै कुलतमा फस्यो, रातिराति घर आउँथ्यो, मैले सुधार्न सकिनँ’, उनले भने, ‘पछि चार महिना सुधार केन्द्रमा राखेँ, अहिले छोरा सुध्रिएको छ । मैले ज्यालादारी छाडेर आमाछोरा मिलेर नास्ता पसल खोलेका छौँ । छोराछोरी आमाबाबुको समय खोज्दा रहेछन् ।’