काठमाडौँ । काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् ।
गृह मन्त्रालयले काठमाडौँ जिल्ला प्रशासनमा सहसचिव काली प्रसाद पराजुली र भक्तपुरमा प्रेम प्रसाद भट्टराईलाई पठाएको हो । पराजुली केही समय अघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका थिए भने भट्टराई धनुषाका प्रजिअ हुन् ।
सम्बन्धित समाचार : काठमाडौँको सिडिओ हुँदै काली पराजुली !
मन्त्रालयले काठमाडौँका प्रजिअ जनकराज दाहाल र भक्तपुरकी हुमकला पाण्डेलाई गृह मन्त्रालयमा तानेको छ । केही दिनमा अन्य केही जिल्लाका प्रजिअ सरुवाको तयारीसमेत मन्त्रालयले गरेको प्रशासन स्रोतले जनाएको छ ।







