२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोको बसेर कोरोनाको उपचार

अ+ अ-

चितवन । चितवनमा सञ्चालित आइसोलेशनमा रहेका ३६० सङ्क्रमितको उपवास विधिबाट उपचार गरिएको छ । प्राकृतिक चिकित्सा पद्धतिको विधिबाट उनीहरु निको भएर घर फर्किएका छन् ।

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, वागीश्वरीमा सञ्चालित आइसोलेशनमा रहेकालाई डा. हेमराज कोइराला नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ । कोइरालाका अनुसार उपवास गर्दा व्यक्तिले निश्चित समयका लागि खाना त्याग गर्ने वा क्यालोरी ग्रहणमा रोक लगाउने गर्छ ।

आधुनिक चिकित्सा विज्ञानमा पनि उपवास गरेर अनेक असाध्य रोग जित्न एवं रोकथाम गर्न सकिने तथ्य पत्ता लगाइसकेको उनको भनाइ छ । सन् २०१६ मा जापानका वैज्ञानिक यासुनुरी यसुमीलाई उपवास फिजियोलोजीमा गरेको महत्वपूर्ण खोज एवं अनुसन्धानका कारण नोबेल पुरस्कारद्वारा सम्मान गरिएको जनाइएको छ ।

अधिकांश भाइरस सङ्क्रमणको औषधि भनेकै प्रतिरक्षा प्रणालीको सशक्तीकरण नै भएको बताउँदै उनले भने,’उपवास यस्तो फिजियोलोजीकल विधि हो, जसको विधिवत् प्रयोग गर्न जाने प्रतिरक्षा प्रणालीलाई तुरून्त सशक्त बनाइदिन्छ र कोभिड-१९ जस्तो घातक रोगबाट बचाउँछ ।

कोभिड-१९ मा सरल तरिकाले गर्न सकिने भनेको आवधिक उपवास हो । सङ्क्रमितले २४ घण्टाको समयलाई आठ घण्टा खाना खाने समय र १६ घण्टा भोकै बस्ने समय भनेर छुट्याएको हुन्छ । यसरी छुट्याउँदा बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्मको अविधिलाई खाना खाने समय र साँझ ५ः०० देखि बिहान ९ः०० बजेसम्मको अवधिलाई भोकै बस्ने समय भनेर छुट्याउँदा राम्रो हुने डा. कोइराला बताउछन् । आइसोलेशनमा त्यहीअनुरुप तालिका बनाएर खाना खाने र उपवास बस्ने व्यवस्था गरिएको छ ।

उनले भने,’यसमा ८/१६ को समयलाई ६/१८ र विस्तारै बढाएर ४/२० पनि गर्न सकिन्छ । यसरी खाना खाने र भोकै बस्ने अवधि छुट्याएर उपवास बस्दा खाना खाने अवधिमा भने प्रशस्त मात्रामा पौष्टिक तत्व लिनुपर्ने हुन्छ ।’ खानामा विशेषतः उच्च रेशा र चोकर भएको, झोलिलो, प्रशस्त भिटामिन एवं एण्टिअक्सिडेण्टयुक्त खाना खानुपर्ने उनको सुझाव छ ।

उनका अनुसार हाम्रो शरीरमा विद्यमान कोषमा दैनिक हजारौँ जैविक रासायनिक क्रिया भइरहेका हुन्छन् । ती क्रियाको उपजस्वरूप कोषमा अनेकौँ प्रकारका काम नलाग्ने, विषाक्त एवं उत्परिवर्तित रसायनको उत्पादन पनि भइरहेको हुन्छ ।ती रसायनका साथै काम नलाग्ने कोषीय अङ्ग वा बाहिरबाट आएका रोगकारक जीवाणु, विषाणु, ढुसी वा परजीवीले पनि कोषलाई क्षति पुर्‍याउने उनको भनाइ छ ।

शरीरको कोषमा उपवासका कारण खाना नभएपछि ऊर्जास्तर घट्दै जान्छ । त्यस्तो अवस्थामा शरीरमा रहेका काम नलाग्ने तर पचाउन सकिने भाइरस, प्रोटिन जस्ता वस्तुलाई पचाएर शरीरले ऊर्जा लिने उनको भनाइ छ । यसरी नै उपवासका माध्यमबाट वागेश्वरीको आइसोलेशनमा रहेका सङ्क्रमितको सफल उपचार गरिएको डा कोइराला बताउछन् ।

त्यहाँ लक्षण देखिएका बिरामीको उपचार गरिँदै आएको छ । भरतपुर महानगरपालिकाले भदौ १४ गतेखि सञ्चालन गरेको उक्त आइसोलेशनमा हाल १३ सङ्क्रमित छन् । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आइसोलेशन सञ्चालनमा लाग्ने सबै खर्च महानगरले व्यहोर्दै आएको छ । हाल उपवास विधिबाट देशकै नमूना आइसोलेशनका रुपमा यहाँ सङ्क्रमितको उपचार भइरहेको उनको भनाइ छ । दाहालका अनुसार महानगरपालिकाले समिति निर्माण गरी त्यसको व्यवस्थापन गर्दै आएको छ ।

प्राकृतिक चिकित्सा विधिबाट आइसोलेशन सञ्चालनपूर्व महानगरपालिकाले नेपालमै पहिलो पटक कोरोना अस्थायी अस्पताल निर्माण गरी सङ्क्रमितको उपचार शुरु गरेको थियो । सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिएपछि महानगरले वागेश्वरीमा आइसोलेशन सञ्चालन गरेको हो । त्यहाँ महानगरपालिकाका बासिन्दालाई सबै निःशुल्क हुने गरी उपचार गरिएको दाहालको भनाइ छ ।