२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइनमार्फत भुक्तानी गर्न पाउने

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष तथा म्यादी जीवन बीमाको रकम अनलाइनमार्फत भुक्तानी गर्न पाउने भएका छन् ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युतीय माध्यमबाट समेत भुक्तानी लिई सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने योजनाबमोजिम भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिएबापत सेवाग्राहीले कुनै पनि थप शुल्क तिर्न नपर्ने उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोष र बीमाको रकम इ सेवाबाट भुक्तानी गर्न सकिने सेवाको शुरूआत भएको छ । योसँगै वैदेशिक रोजगारमा जाँदा सिधै इसेवाबाट भुक्तानी गर्न सकिने भएको हो । इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ् । सन नेपाल लाइफ इन्सुरेन्सले जारी गर्ने वैदेशिक रोजगार म्यादी बीमाको इसेवामार्फत भुक्तानी गर्न सकिन्छ ।

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुवै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैँले वा आफ्नो साथीभाइको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्वीकृति लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । यसैगरी पहिले रोजगारका लागि विदेश गइसकेको र पुनः सोही ठाउँमा जान भिसा नवीकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाइन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

यस्तै म्यानपावरमार्फत वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीले पनि एकमुष्ट कल्याणकारी कोषमा रकम बुझाउन सक्ने जनाइएको छ जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ । इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशिक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ । यसअघि कल्याणकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो ।