२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीयस्थल उपर्दाङ्गगढी पुग्न नयाँ सडक

अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–७ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल उपरदाङ्गगढी जानका लागि नयाँ सडक खुलेको छ । उक्त नयाँ सडक खुलेसँगै अब नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित भोर्लेबाट पनि उपरदाङ्गगढी जान सकिने भएको छ ।

भोर्लेबाट चौकीडाडाँ, दाहाखानी, सानो भोर्ले, कापे हुँदै उपरदाङ्गगढी पुग्न सकिने उक्त सडकको नयाँ ट्र्याक जोडिएको हो । उक्त नयाँ सडकको बिहीबार एक कार्यक्रमका बीच इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उद्घाटन गरिन् ।

अध्यक्ष गुरुङले आफ्नो गाउँपालिका भौगोलिक हिसाबले निकै कठिन भए पनि गाउँपालिकाभित्रका सबैजसो गाउँ सडक सञ्जालले जोड्न सफल भएको बताइन्। उनले ऐतिहासिक पर्यटकीयस्थलको रूपमा परिचित चितवनको पुरानो सदरमुकाम उपरदाङ्गगढी आउनकै लागि अब टाँडी हुँदै शक्तिखोरबाट मात्र आउनुपर्ने बाध्यता हटेको बताइन् । यस्तै नयाँ ट्र्याक खुलेपछि स्थानीयवासीको दैनिक जीवनयापनमा हुने कठिनाइलाई पनि सजिलो बनाउँदै लैजाने उनले बताइन् ।

वडाध्यक्ष बमबहादुर रानाले वडा नं ७ मा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ नरहेको बताए । उनले भने, ‘वडामा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ छैनन्, यसैले अब सडक स्तरोन्नति र कालोपत्र गर्नतिर ध्यान लगाउनेछौँ ।’ यतिमात्र नभई खानेपानी र विद्युतीकरण गर्न बाँकी रहेका गाउँमा सडक सञ्जालले छोएसँगै उक्त कामका लागि समेत ध्यान दिइने उनले बताए ।

भोर्लेबाट दाहाखानी हुँदै उपरदाङ्गगढीसम्म करिब ३६ किलोमिटर दूरी रहेको उक्त सडकको इच्छाकामना गाउँपालिका खण्डकमा पर्ने दाहाखानीबाट उपरदाङ्गगढीसम्म करिब १२ किलोमिटर सडक गाउँपालिका र वाग्मती प्रदेश सरकारको रु एक करोड करोड २५ लाखको लागतमा निर्माण गरिएको हो । जसमा इच्छाकामना गाउँपालिकाले तीन आर्थिक वर्षमा रु ७३ लाख वाग्मती प्रदेश सरकारले रु ३८ लाख बजेट लगानी गरेको दाहाखानी उपरदाङ्गगढी मोटरमार्ग निर्माण उपभोक्ता समितिका सचिव विर्ष गुरुङले जानकारी दिए । उक्त सडकले सालठाना, सानो भोर्ले, कापेलगायत स्थानीयवासीलाई सहज हुने भएको छ ।