२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलेवामा असारदेखि जहाज चलाउने तयारी

अ+ अ-

पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण र लकडाउनले रोकिएको बलेवा विमानस्थल पुनःनिर्माण द्रुतगतिमा भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल पुनःनिर्माणको काम दु्रतगतिमा भएको जनाएको छ । विमानस्थल आगामी जेठ मसान्तभित्र निर्माण सकेर जहाज नियमित चलाउने तयारीसमेत भएको कार्यक्रम व्यवस्थापक मीनराज ओझाले जानकारी दिए ।

आगामी जेठ मसान्तसम्म प्राधिकरण र नगरपालिकालाई विमानस्थल हस्तान्तरण गर्ने आयोजनाका इञ्जिनीयर चिरञ्जीवी खड्काले बताए । ‘चिसो समय भएकाले कालोपत्रका लागि फागुन–चैत कुर्नुपर्ने भएको छ’, उनले भने, ‘सम्याउने, ग्राभेल गर्नेजस्ता काम एक महिनामा सकिन्छ ।’ ठेकेदार कम्पनीले बलेवा र पर्वतको मोदीखोलामा पनि क्रसर मेसिन राखेर गिटी, ग्राभेल बनाइरहेको उनले बताए ।

विमानस्थलमा ६२० मिटर लामो पक्की नाली बनाउने, मैदानमा एक हजार ५०० मिटर लामो घेराबार लगाउने, एउटा मुख्य ढोका र अर्को आपत्कालीन ढोका बनाउने काम अहिले भइरहेको छ । दमकल र एम्बुलेन्स सेवाका लागि आपतकालीन ढोका प्रयोग हुनेछ । विमानस्थलका सबै पूर्वाधार बनाउन पहिलेको लागत इस्टिमेटमा संशोधन गरेर केही काम थपिएको व्यवस्थापक खड्काले बताए । उनले भने, ‘काम थपिए पनि समय थप्दैनौँ’, जेठ मसान्त नै अन्तिम हुने र सो समयमा सबै काम सम्पन्न हुने उनको भनाइ छ ।

मैदान सम्याउने क्रममा टावर र पाकिङस्थलमा झण्डै ६० मिटर लम्बाइ र २४ मिटर चौडाइमा छ मिटर अग्लो पर्खाल, भर्‍याङ र र्‍याम्प बनाउनुपर्ने भएको उनले बताए । त्यसका लागि समयमै माग पठाएकाले प्राधिकरणले पनि छिट्टै संशोधन गरेर पठाउने तयारी गरेको इञ्जिनीयर मीनराज ओझाले जानकारी दिए । ‘सडक र अन्य क्षेत्रमा जस्तो ठेकेदारबाट अप्ठ्यारो परेको छैन, बरु उनीहरु पनि समयमै सक्ने लक्ष्यमा काम गरिरहेका छन्’, ओझाले भने,’समयमै काम सकेर हामीले नियमित जहाज उडाउने योजना पनि बनाएका छौँ’, प्राधिकरणले ‘काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनी’ सँग सम्झौता गरेपछि ठेकेदारले रु आठ करोड २४ लाख ३४ हजारमा विमानस्थल कालोपत्रको काम थालेको हो ।

विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि यो विस्तारै बन्द हुँदै गएको थियो । बलेवाबाट काठमाडौँ, पोखरा र भैरहवाका नियमित उडान भइरहेकामा पोखरा-बागलुङ सडक खुलेपछि रोकिएको प्रतिनिधिसभाका निवर्तमान सांसद सूर्य पाठकले बताए। अब असारदेखि नियमित जहाज चलाउने गरी पहल भइरहेको पाठकको भनाइ छ ।

विसं २०७२ मा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र शिक्षामन्त्री दिनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाए पनि जहाज चल्न सकेको थिएन । दुई वर्षअघि बागलुङ नगरपालिकाले अपुग यात्रुको भाडा खर्च व्यहोर्ने सहमतिमा झण्डै हिउँदका छ महिना जहाज चलेको थियो । कच्ची धावनमार्गका कारण चिप्लो भएपछि वर्षात्मा उडान गर्न जोखिम भएपछि जहाज आउन मानेका थिएनन् भने हिउँदमा पनि मुसाले प्वाल पार्दा धावनमार्ग बिग्रेपछि कालोपत्र गर्न लागिएको हो ।

मैदानको सबै भाग एक किलोमिटर लामो छ । हाल ६२० मिटर लामो, २० मिटर चौडा कालोपत्र गरिनेछ । मैदान भने ६० मिटर चौडा सम्याइएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्ने आकलन गरेर मैदान पुनःनिर्माण भएको छ । आपत्कालीन अवतरण गर्नुपरेमा ५४ सिट क्षमताका जहाज पनि पार्किङ गर्न सकिने कार्यक्रम व्यवस्थापक खड्काले जानकारी दिए । विमानस्थल नियमित सञ्चालनपछि साविक धवलागिरिका पर्वत, बागलुङ र म्याग्दीका बासिन्दा प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् भने यस क्षेत्रका आर्थिक तथा पर्यटन व्यवसायसमेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।