२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक वर्षमा रु १६ करोड सामाजिक सुरक्षा भत्ता प्रदान

अ+ अ-

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले एक आर्थिक वर्षमा करिब रु १६ करोड रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा यस कार्यक्रमअन्तर्गत रु १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको हो ।

नगर क्षेत्रभित्रका दुई हजार ६०३ ज्येष्ठ नागरिक (७० वर्षमाथिका) यो कार्यक्रमबाट लाभान्वित छन् । ज्येष्ठ नागरिकमा कूल रु नौ करोड ८० हजार ६०० प्रवाह भएको कार्यालय प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिनुभयो । त्यसैगरी नगर क्षेत्रका एक हजार ४४९ एकल महिलालाई रु तीन करोड ४९ लाख ६० हजार वितरण गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ७२६ बालबालिकामा रु दुई करोड १२ लाख ३६ हजार र ५४३ अपाङ्गता भएकाहरुमा रु एक करोड २४ लाख १८ हजार ४०० भत्ता वितरण गरिएको कार्यालयले सार्वजनिक गरेको हो ।

यसअघिका वर्षमा सेवाग्राहीलाई घरघरै रकम पुर्‍याइने गरिए पनि अब सबैलाई अनिवार्य बैंक खातामा रकम पठाउने व्यवस्था गरिएको कार्यालयले जनाएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर सेवाबारे छलफल गरिँदै आइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले स्पष्ट पारे । यता सेवाग्राही वृद्धवृद्धाले भने बैंकले समयमा सुरक्षा भत्ता नदिएको गुनासो गरेका छन् ।

‘गरिबी न्यूनीकरण, बिरामी हुँदा उपचार गराउन, विपद्को अवस्थामा उत्पन्न जोखिम न्यूनीकरण गर्न सामाजिक सुरक्षा कार्यक्रमले सहयोग पुर्‍याउँछ’, पराजुलीले भने, ‘बैंकमा रकम जम्मा गरिँदा हराउने र अनावश्यक खर्च हुनबाट जोगाउने भएको हुँदा यो व्यवस्था अपनाइएको हो ।’ सेवाग्राहीलाई रकम प्राप्त गर्न सजिलो बनाउन सम्बन्धित बैंकलाई सेवा प्रवाहको मासिक दिन तालिका बनाएर समयसमेत निर्धारण गर्न आग्रह गरिएको पराजुलीको भनाइ छ । यसैगरी सेवाग्राहीको सङ्ख्या अद्यावधिक गर्न सम्बन्धित वडा कार्यालयले काम गर्दै आएको कार्यालयले जनाएको छ ।
–––