२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको मन जित्दै गाउँपालिका

अ+ अ-

झापा । झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै कामहरु भएका छन् । दक्षिणपूर्वी भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने काम भएका छन् ।

तीन वर्षअघिसम्म पालिकाको आधा गाउँ अँध्यारो थियो । सात वडा रहेको पालिकाका दुर्गम र अतिविपन्न समुदाय बसोबास गर्ने स्थानमा बिजुलीको पोलसमेत पुगेको थिएन । ‘जहाँ टोल त्यहाँ पोल र बिजुली’को अभियान चलाएर पालिकालाई अँध्यारोबाट मुक्त बनाइएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । उनले एक हजार बिजुलीको पोल पालिकामार्फत नै खरिद गरेर टोलटोलमा बिजुली बत्ती पुर्याएको बताउनुभयो । आन्तरिक आम्दानीको स्रोतसमेत कम रहेको गाउँपालिकाको बजेट सानो रहे पनि उनले जनताको आवश्यकताअनुसार गरेको बताए ।

पालिकाले दोस्रो महत्वपूर्ण कामका रूपमा ‘फुसको छानो हटाऊ, टिनको लगाऔँ’ अभियान सञ्चालन गरिरहेको छ । उनले सहारा नेपालद्वारा सञ्चालित ह्याविटेड फर नेपालसँगको सहकार्यमा २०० भन्ला बढी विपन्नको घर निर्माण गरेर हस्तान्तरण गरेको जानकारी दिए । दुवै संस्थाको ५०÷५० प्रतिशतको लगानीमा थप २५० घर निर्माण भइरहेको उहाँले बताए । उनले भने, ‘यही आर्थिक वर्षभित्रमा फुसको छानो मुक्त गाउँ बनाउँछौँ ।’

उनले हेर्दा सामान्य लागे पनि जनताको हितमा हुने थप काम गरिहेको जानकारी दिए । उनका अनुसार पालिकाभित्रका नेपाली नागरिकता भएको व्यक्तिहरुको मृत्यु भएमा काजकिरिया खर्चस्वरुप प्रत्येक व्यक्तिको परिवारलाई रु आठ हजार नगद प्रदान गरिन्छ । पालिकाका उपप्रमुख कुन्तीदेवी बुढाथोकीका अनुसार नेपाल रेडक्रस सोसाइटीसँग मिलेर पालिकाभित्रका बासिन्दा बिरामी भएर रगत चाहिएमा खर्चको समेत व्यवस्था गरिएको छ । उनले जुनसुकै रोगका बिरामीले रगत प्रयोग गरे पनि पालिकामा बिल पेश गरेर भुक्तानी दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

अन्य पालिकाको तुलनामा यस पालिकामा बर्सातको समयमा डुबानसँगै बाढीबाट प्रभावित हुनेको सङ्ख्या धेरै छ । ठूलोमाई र सानोमाई दुवै नदीमा बलियो र भरपर्दो तटबन्धन नहुँदा यो पालिका सधैँ डुबानमा पर्दा धेरैभन्दा धेरै विपन्न समुदायका मानिसलाई सर्पले टोक्ने गर्छ । पालिका अध्यक्ष साहले सर्पदंशका बिरामीको सम्पूर्ण खर्च गत वर्षदेखि गाउँपालिका आफैँले गर्दै आएको बताए। ‘उपचार गर्ने पैसा नहुँदा गरिबले त्यसै मर्नुपर्छ’, उनले भने, ‘सबैको उपचारमा पहुँच पुर्याउन गाउँपालिकाले उपचारको शुल्क तिरिदिन शुरु गरेको हो ।’सो क्षेत्रमा सर्पले टोकेमा छिमेकी कनकाई नगरपालिकामा सहारा नेपालद्वारा सञ्चालित सहारा सर्पदंश उपचार केन्द्रमा उपचार गर्न पठाइने गरिएको छ ।

झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पालिकाकै बजेटमा २० किलोमिटर कालोपत्रसहितको पक्की सडक निर्माण भएको छ । अध्यक्ष साहले सातवटै वडाका विभिन्न स्थानमा गरी २० किलोमिटर कालोपत्रसहितको सडक निर्माण गरेको बताए । ‘सबै टोलटोलमा पक्की सडक पुर्याउने लक्ष्य छ’, उनले भने, ‘आगामी दुई वर्षभित्रमा पुर्याउँछौँ, द्रुतगतिमा काम भइरहेको छ ।’ उनका अनुसार सबै टोलमा ग्राभेल बाटो पुगिसकेको छ ।