२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर सङ्कलन गर्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ ।

फोहर सङ्कलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा–४ बाट यस कार्यको थालनी गर्न लागेको हो ।

आज यहाँ कामपा–४ ले आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीको काठमाडौंँमा पानीको समस्या समाधान गर्ने उल्लेख गर्दै घरघरमा फोहर छुट्याउन थाले फोहर समस्या पनि समाधान हुने बताए। त्यस क्रममा वडाध्यक्ष मोहन विष्टले वडा ४ क्षेत्रमा सडक सफा रहेको बताउँदै घरबाटै फोहर वर्गीकरण भए आफ्नो वडा महानगरकै नमूना बन्ने दावी गरे ।

वाग्मती सफाइ अभियानमा अहिलेसम्म २० हजार मेट्रिकटन फोहर झिकेर व्यवस्थापन गरिएको प्रसङ्ग उल्लेख गर्दै अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेलले भने, “घरबाट फोहर छुट्याउने विधि शुरुदेखि नै पालना गरिएको भए कम लगानीमा नदी सफाइ र शहरको फोहर व्यवस्थापन काम हुने थियो ।”

वैशाखको १ गतेदेखि निश्चित टोल सुधार क्षेत्रबाट अभियान थाल्ने बताउँदै नेप्सेम्याक सेवा प्रालिका प्रवन्धक मीत्र घिमिरेले अभियान थालिएका ठाउँमा फोहर वर्गीकरण नभए सङ्कलन नगरिने योजना रहेको उल्लेख गरे ।

वडाभित्र श्री प्रतिष्ठान तथा मिलीजुली टोलसुधार समिति, सारा, दीपज्योती मार्ग, महालक्ष्मी, आशिष मार्ग, पञ्चकुमारी, चुनदेवी, मिलीजुली चुनदेवी गैरी, टुसाल, सरस्वती टोलसुधार समितिसहित क्लव र उपभोक्ता समिति छन् ।

जाल्पादेवी, शिवप्रिया मार्ग, तल्लो बालुवाटार र जनमार्ग उपभोक्ता समितिले वडामा काम गरिरहेका छन् । यसैगरी, धुम्रवराह, जागरण र पञ्चकन्या युवा क्लव सक्रिय छन् । विशाल मिलन केन्द्र र महिला जागरण समिति पनि वडाका सक्रिय सामाजिक सङ्घसंस्था हुन् ।

यीनै टोल सुधार समिति, उपभोक्ता समिति र युवा क्लवको सहयोगमा प्राङ््गारिक मल बनाउन सक्ने र नसक्ने फोहर छुट्याउने अभियान थालिने भएको हो ।