२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘थट्स अफ म्युजिङस’ प्रकाशित

अ+ अ-

काठमाडौँ । कलाकार तथा कलालेखक मदन चित्रकारद्वारा लिखित ‘थट्स अफ म्युजिङस’ सार्वजनिक भएको छ । सिर्जना कलेज अफ फाइन आर्टस लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन गर्दै पुर्खाले दिएको संस्कृति जर्गेना गर्दै अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको बताए ।

पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक सङ्गीता थापाले पुस्तकले नेपाली कलाका विविध आयामलाई खोतल्ने काम गरेको बताउँदै राणाकालमा नेपालमा ३८ दरबार बनेको र त्यहाँका चित्रकलाबारे खोजी र अनुसन्धान हुनुपर्ने सुझाव दिए। पुनम आरएल राणाले नेपाली कला र कलाकारका बारेमा जानकारी लिनका लागि पुस्तक निकै उपयोगी रहेको धारणा व्यक्त गर्दै पहिले कपडामा कलाकृति बनेकामा अहिले कागजमा बनाउने चलन चलेको तथा पहिले कलाकृति पूजाका लागि बनाइने तर अहिले व्यापारका लागि बनाइने चलन चलेको जनाए।

कलाकार तथा लेखक चित्रकारले नेपालमा ललितकला वाङ्मयको अभाव रहेको बताउँदै नेपाली कलालाई चिनाउने र यसका विभिन्न आयामलाई दस्तावेजीकरण गर्ने लक्ष्यका साथ पुस्तक प्रकाशन गरिएको जानकारी दिए ।

सिर्जना कलेज अफ फाइन आर्टसका अध्यक्ष महेनमोहन श्रेष्ठले आगामी दिनमा समेत कलेजले कलाका विभिन्न विषयमा कृति प्रकाशन गर्दै जाने जानकारी दिए । कलेजका भाइस प्रिन्सिपल नवीन्द्रमान राजभण्डारीले नेपालमा कला प्रकाशनको अभाव भइरहेका बेला प्रकाशनमा आएको पुस्तकले त्यसको पूर्ति गर्ने धारणा व्यक्त गरे ।

अङ्ग्रेजी भाषामा लेखिएको पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ । पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चासमेत गरिएको छ ।