२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलोपटक मंगलग्रहमा नासाको हेलिकप्टर उडान सफल(भिडियोसहित)

अ+ अ-

एजेन्सी । नासाले मंगलग्रहमा पहिलोपटक सफालतापूर्वक हेलिकप्टर उडाएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासाले) इन्जेन्युएटी नामको ड्रोनयुक्त सानो हेलिकप्टर पहिलोपटक मंगलग्रहमा उडाउन सफल भएको हो ।

उक्त हेलिकप्टर एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ।

बीबीसीका अनुसार त्यसको पुष्टि मङ्गल ग्रहस्थित एउटा भू–उपग्रहमार्फत् आएको हो जसले पृथ्वीमा उक्त हेलिकप्टरको डेटा पठाएको थियो। इन्जेन्युएटीलाई अझ लामो र उचाइमा उडान गर्न आदेश दिइने नासाले बताएको छ । उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्‍याएको हो। पर्सिभिअरन्स रोभर गत फेब्रुअरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो।

नासाले मानिसले अर्के ग्रहमा पहिलोपटक हेलिकप्टर उडाउन सफल भएको बताएको छ ।

उडेदेखि अवतरण गर्दासम्म त्यो सबै गर्दा करिब ४० सेकेन्ड लागेको छ। रातो ग्रह भनिने मङ्गल ग्रहमा उडान सजिलो छैन। वायुमण्डल निकै पातलो छ। त्यहाँ पृथ्वीको वायुमण्डलको १ प्रतिशत घनत्व छ।

जसले गर्दा उचाइ प्राप्त गर्न विमानको पङ्खालाई निकै कम अवसर मिल्छ अर्थात् पङ्खा धेरै घुम्नुपर्ने हुन्छ। मङ्गल ग्रहमा न्युन गुरुत्वाकर्षणले सहयोग नै गर्छ तर जमिन छाड्न निकै काम गर्नुपर्छ। त्यसैले इन्जेन्युएटीलाई निकै हलुङ्गो बनाइएको थियो।

पृथ्वीमा पहिलो पटक सन् १९०३ मा नियन्त्रित र यन्त्रचालित विमान विलबर र ओर्विल राइटले उडाएका थिए।

इन्जेन्युएटीले ११७ वर्षअघि नर्थ क्यारोलाइनाको किटी हकमा ऐतिहासिक उडान गरेको उक्त विमान फ्लाएर १ को एउटा पङ्खाको सानो नमुना पनि बोकेको थियो।

विमानको पङ्खा घुमाउन ३५० वाट विद्युतीय शक्ति दिइएको थियो। त्यसकै भरमा उक्त उडानको निम्ति प्रतिमिनेट २५ सयभन्दा धेरै पटक पङ्खा घुम्न सक्ने बनाइएको थियो।

मङ्गल ग्रहको दूरी ३० करोड किलोमिटर छ। इन्जेन्युएटीसँग दुईवटा क्यामेरा छन्। श्यामश्वेतको प्रयोग यात्रा र जमिनको पहिचानमा हुन्छ। अर्को क्यामेरा रङ्गीन छ। आकाशमण्डल हेर्न त्यसले प्रयोग हुन्छ।

नासाले शनि ग्रहको ठूलो उपग्रह टाइटको निम्ति हेलिकोप्टर अभियानलाई अनुमोदन गरिसकेको छ। ड्रागनफ्लाइ नाम दिइएको उक्त मिसन २०३० को दशकको मध्यमा टाइटलमा अवतरण गर्नेछ।