९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल लाइफ इन्स्योरेन्स २१औँ वर्षमा प्रवेश 

अ+ अ-

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ ।

कम्पनी विसं २०५८ वैशाख २१ गते स्थापना भई बिमीत तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले २१औँ वार्षिकोत्सवका अवसरमा सन्देशमार्फत हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउन आग्रह गरेका छन् ।

साथै उनले कोरोना भाइरसको महामारीमा पनि सरलरुपमा जीवन बिमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कम्पनीले बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

कम्पनीमा सर्वाधिक लगानी रु १११ दशमलव ४७ अर्ब रहेको छ भने सर्वाधिक जीवन बीमाकोष रु १०१ अर्ब २८ करोड र सर्वाधिक शेयरधनी कोष रु आठ अर्ब ८५ करोडभन्दा बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीको सर्वाधिक चुक्ता पुँजी सात दशमलव १९ अर्बभन्दा माथि रहेको छ भने एक अर्बभन्दा बढी सर्वाधिक बजार पुँजीकरण रहेको कम्पनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी रु ११ दशमलव ९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी रु नौ दशमलव ७७ अर्ब तथा सर्वाधिक मृत्यु दाबी रु तीन दशमलव ७३ अर्बभन्दा बढी भुक्तानी गरिसकेको छ ।

कम्पनीमा एक लाख ७६ हजार ४३ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् भने कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल २०० शाखा तथा उपशाखामार्फत जीवन बिमासम्बन्धी सेवा उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगारसमेत गरी २८ लाख ८२ हजार ३४२ व्यक्ति बीमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस