९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि लगाइँदै भेरोसेलको दोस्रो डोज खोप, यी हुन् खोप केन्द्र

अ+ अ-

काठमाडौँ। आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आजदेखि जेठ ११ गतेसम्म खोप लगाइने छ । त्यसका लागि विभिन्न स्थानमा खोप केन्द्र तोकिएको छ । तोकिएका दिनमा तोकिएका खोप लाभग्राहीले कार्ड लिएर खोप केन्द्र जानुपर्नेछ ।

बिहान १० देखि अपराह्न ४ बजेसम्म ओप लगाउने समय तोकिएको छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आज दोस्रो डोज खोप दिइनेछ ।

यस्तै चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ । वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।

पहिलो खोप लगाएपछि संक्रमण भएर उपचाररत बिरामीले एक महिना नपुगी यो खोप लिन मिल्दैन ।

याी हुन् खोप केन्द्र :

१. नन्दीरात्रि स्कुल, नक्साल २. २ नम्बर वडा कार्यालय, लाजिम्पाट ३. ३ नं. वडा कार्यालय, महाराजगञ्ज ४. पुरानो वडा कार्यालय, चण्डोल, गीताञ्जली मार्ग ५. ५ नं. वडा कार्यालय परिसर, हाँडीगाउँ ६. महेन्द्र बौद्ध उच्च मावि, बौद्ध ७. यूरो किंगडम रातोपुल, पुरानो हिमालय विद्या मन्दिर ८. ८ नं. वडा कार्यालय, जयबागेश्वरी ९. गुह्येश्वरी मावि, सिनामंगल १०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्य बानेश्वर ११. विश्व निकेतन स्कुल, त्रिपुरेश्वर १२. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, टेकु १३. जनप्रभात मावि, कालीमाटी
१४. १४ नं. वडा कार्यालय, भुवनेश्वरी मन्दिर चौर १५. भुइँखेल चौर, स्वयम्भू १६. जुडो हल, नयाँबजार १७. पब्लिक युथ क्याम्पस, धोबीचौर १८. पुष्पलाल पार्क, विष्णुमती
१९. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा १९ परिसर २०. शान्ति निकुञ्ज स्कुल, भगवतीबारी २१. सामुदायिक सहरी स्वास्थ्य क्लिनिक वडा २१, यंगाल २२. टेवहाल वडा कार्यालय, संकटा २३. नव आदर्श स्कुल, वसन्तपुर २४. इतुमबहाल, तारणी वहाल २५. कन्या मन्दिर स्कुल, क्षेत्रपाटी २६. वडा परिसर, लैनचौर २७. महाबौद्ध चोक
२८. २८ नं. वडा कार्यालय, सिटी मार्केट २९. विजय स्मारक स्कुल, डिल्लीबजार ३०. ज्ञानेश्वर चोक ३१. भीमसेनगोला स्कुल, भीमसेनगोला ३२. ३२ नं. वडा कार्यालय, जडीबुटी

प्रतिक्रिया दिनुहोस