१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभा उपनिर्वाचनमा आयोगले तोकेको आचारसंहिता पालना गर्ने दृढता

अ+ अ-

मकवानपुर । यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको आचारसंहिता र स्वास्थ मापदण्ड पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाग्मती प्रदेश निर्वाचन आयोगद्वारा आज दलका तर्फबाट उम्मेदवार भएका, स्वतन्त्र उम्मेदवार एवं निर्वाचन कार्यालयका पदाधिकारी र सञ्चारकर्मीको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेशसभा सदस्य, स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै मतदातालाई कोरोना संक्रमित भएको भएको पाइएमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ मतदान गर्न लगाउने पनि निर्णय गरेको प्रदेश निर्वाचन प्रमुख अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनका लागि तीन वटै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीसहित २४ जना कर्मचारी जनशक्ति खटिएको प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

बिहान ९ बजेदेखि शुरु हुने निर्वाचनमा दिउँसो ३ बजे मतदान सकिएपछि सोही मतदान केन्द्रमा गणना गरिनेछ ।उपनिर्वाचनमा प्रदेशसभाका १०९ सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी कूल ३४७ मतदाता सहभागी हुनेछन् ।

निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार (नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्रको समर्थन) डा.खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ प्रतिस्पर्धी छन् । उनीहरु हेटौँडा आइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस