११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानप्रतिको निष्ठा र जवाफदेहिता बोध गर्नुस्: पूर्वप्रधानन्यायाधीश

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीशको समूहले सर्वोच्च अदालतको फैसलाबाट पुन: स्थापित प्रतिनिधिसभालाई पुनः विघटन गरिएबाट अदालतको फैसलाको मर्म र भावनाको सम्मान नभएको ठहर गरेको छ ।

प्रतिनिधिसभा पुनः विघटनले सर्वोच्चताको सिद्धान्त नमान्ने र कानून प्रभावहीन हुने गम्भीर स्थिति खडा भएको उल्लेख गर्दै समूहले लोकतन्त्रका लागि यस्तो स्थिति खतरनाक हुनेतर्फ गम्भीर ध्यानाकर्षण गराएको छ ।

समूहको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि कानूनबमोजिम पदमा बहाल रहन अयोग्यता सिर्जना भई पदमुक्त हुने संवैधानिक प्रावधान भए पनि पदमा रहिरहने परिस्थिति तर्जुमा गर्ने कोसिस भएको देखिन्छ । विश्वासको मत प्राप्त गर्न पटक–पटक नसकेपछि पनि पदमा निरन्तर रहिरहन र विश्वासको मत प्राप्त गरेको वैध सरकारको जस्तो सबै भूमिका खेलिरहन खोज्नु संविधान, प्रजातन्त्र र विवेक कुनै कुराले पनि दिँदैन ।’

कोभिड–१९ को महामारी, जनताको असामान्य र कष्टप्रद दैनिकीसहितको जीवनको माझमा भरपर्दो र नियमित सरकारद्वारा समस्याको सम्बोधन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा हाल भएका अभ्यास संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरीत दिशातर्फ संविधान कार्यान्वयनको आभास भइरहेको उल्लेख गर्दै समूहले यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको जनाएको छ ।

संविधान जारी भएपछि संसद् दिगो भई राजनीतिक स्थायित्व आउने, संसद्कै विधायिकी प्रक्रियाबाट ऐनहरु बन्ने र देशको आवश्यकता र आकाङ्क्षा प्रतिबिम्बित हुने बजेट निर्माण गरी संसद्बाटै व्यापक छलफल भई पारित गरी जनताको आकाङ्क्षाअनुसार शान्ति, समृद्धि र न्याय स्थापित हुने अपेक्षाको समूहले स्मरण पनि गराएको छ ।

बारम्बार विघटन गरी संसद्लाई अकारण दण्डित गरी अध्यादेशको खोलो बगाई काम चलाउ बजेट मात्र ल्याउनुपर्नेमा पूर्ण बजेट ल्याउने प्रयासले विधिको उपहास हुने बताउँदै पूर्वप्रधानन्यायाधीशहरूले देशले धान्न नसक्ने अस्थिरता र राजनीतिक द्वन्द्वको नयाँ शृङ्खला शुरु हुनबाट रोक्न र जनताको सार्थक र निर्णायक अभिमतद्वारा प्रजातन्त्रको अभ्यास निरन्तर हुन दिन सुझाव दिएका छन् ।

समूहको विज्ञप्तिमा भनिएको छ, ‘संविधान कार्यान्वयनका अभिभारा ग्रहण गरेको राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतको सम्बन्धित सबैमा संविधानप्रतिको निष्ठा र जवाफदेहिता बोध गर्न अनुरोध गर्दछौँ र विद्यमान परिस्थिति सच्याउन र शान्ति, संयम र विवेक प्रदर्शित गर्न अनुरोध गर्दछौँ ।’

समूहका तर्फबाट पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले उक्त विज्ञप्ति जारी गरेका हन् ।

प्रतिक्रिया दिनुहोस