२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसका थप क्रियाशील सदस्यताको विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत थप १६ जिल्लाका २१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फको प्रस्तावित नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले विधानको प्रक्रियानुसार विवादरहित रुपमा पार्टीका जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले पार्टीको सफ्टवेयरमा ‘इन्ट्री’ गरिएका क्रियाशील सदस्यतासम्बन्धी विवरण आज पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरिएको हो ।

यसअघि गत वैशाखमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये केहीको नवीकरण र नयाँ दुवै तथा केही स्थानको नवीकरण मात्रको प्रस्तावित विवरण सार्वजनिक गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजूरी वा गुनासा भएमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले यही जेठ २२ गतेभित्र लिखित उजूरी गुनासो पठाउन सक्ने उनले बताए ।

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुने समितिले जनाएको छ । साथै कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्यतासम्बन्धी प्रक्रिया पुर्‍याई सफ्टवेयरमा नामावली इन्ट्री गर्दागर्दै इन्ट्री गर्न छुट भएकाले थप समय उपलब्ध गराइपाऊँ भनी समितिमा अनुरोध गर्ने केही जिल्ला र क्षेत्रीय समितिलाई यही जेठ २५ गतेसम्मको थप समय दिइएको छ ।