२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजारमा बजेटको सकारात्मक असर

अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई धितोपत्र बजारले स्वागत गरेको छ । नेपाल स्टक एक्सचेञ्जमा आज भएको कारोवारले सो संकेत गरेको हो । नेप्सेमा आज भएको कारोवार रकम हालसम्मकै उच्च रहेको छ ।

नेप्से १२.५४ बिन्दुले बढेर दुई हजार ८२७.९३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३५ ले वृद्धि भई ५०७.०५ मा पुगेको छ । कूल २१९ कम्पनीको कूल चार करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर रु १७ अर्ब दुई करोड ८४ लाख ३२ हजार २४५ मूल्यमा खरिद बिक्री भए । यो हालसम्मकै सबैभन्दा बढी कारोवार रहेको नेप्सेले जनाएको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १९.९४, होटल तथा पर्यटन १३५.४४, विकास बैंक २५५.२५, वित्त ८३.९१, निर्जीवन बीमा ६४.१२, जीवन बीमा ९६.०१ र सामूहिक लगानी कोष ०.५५ अङ्कले बढेको छ । त्यस्तै, व्यापार ३२.६७, जलविद्युत् ०.६६, उत्पादन ५.३१, अन्य ५४.६४ र लगानी ०.२७ अङ्कले घटेको छ ।

साताको पहिलो दिनको कारोवारका आधारमा बजार पूँजीकरण रु ३९ खर्ब २४ अर्ब १५ करोड ४७ लाख १५ हजार २९७ बराबर पुगेको छ । कारोवारका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४७ करोड ४० लाख ९० हजार २०१ बराबरको कारोवार भयो । यस्तै, अरुण काबेली पावर ४६ करोड ९२ लाख ६३ हजार ७९०, युनाइटेड मोदी हाइड्रोपावर रु ४१ करोड ३१ लाख ४४ हजार ६७८, बुटवल पावर कम्पनी ४१ करोड २८ लाख ५७ हजार र अपि पावर कम्पनी ४० करोड १३ लाख ४२ हजार ८९० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेकाअनुसार ज्योति विकास बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आँखु खोला जलविद्युत् कम्पनी ९.९६, घलेम्दी हाइड्रो ९.९६, गुडविल फाइइनान्स ९.९५ र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए । त्यस्तै, बरुण हाइड्रोपावर ६.५६, हिमालयन ऊर्जा विकास कम्पनी ६.२६, मिथिला लघुवित्त ५.४९, माउण्टेन हाइड्रो ५.३१ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ४.४२ प्रतिशतले गुमाए ।