२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिपिसी र एमाले सम्बन्धलाई केन्द्रसम्म विस्तार गर्न पूर्वमन्त्री पोखरेलको प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) र आफ्नो दलबीचको सम्बन्धलाई केन्द्र तहसम्म विस्तार गर्न प्रस्ताव गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी, विदेश विभागले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका मुख्य राजनीतिक दलका युवा नेतासँग आज आयोजना गरेको भर्चुअल बैठकमा नेपालका तर्फबाट प्रमुख वक्ता पोखरेलले दुई पार्टीबीचको सम्बन्धलाई केन्द्रबाट तलसम्म विस्तार गर्नुपर्ने प्रस्ताव राखे ।

एमाले वाग्मती प्रदेश संगठन कमिटी अध्यक्ष पोखरेललले भने, ‘नेपालको कम्युनिष्ट गतिविधिको अनुभवबाट सिकेका सिपिसी र एमालेले नेपालको विकास आन्दोलन र वैचारिक मित्रताको सुदृढीकरणका लागि एकसाथ काम गर्नुपर्छ, साझेदारी केन्द्रीय तहभन्दा तल जानुपर्छ, त्यसलाई प्रान्तीय तहसम्म विस्तार गर्नुपर्छ ।’

पाकिस्तान, मलेसिया, श्रीलंका र नेपालका युवा नेताहरूसँग सिपिसीले महामारीको बेला युवा उद्यमशीलता र व्यावसायिक विकासका बारेमा छलफल गरेको थियो । छलफलमा एमालेका विभिन्न तहका ७२ युवा नेताको उपस्थिति थियो ।

पूर्वमन्त्री पोखरेलले चीनले महामारीविरुद्ध लड्न नेपाललाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै युवा उद्यमशीलता बढाउन एमाले नेतृत्वको सरकारले बजेट ल्याएको जानकारी दिए ।