११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयका कक्षलाई प्रविधिसँग जोड्न माग

अ+ अ-

काठमाडौँ । विद्यार्थीको दिवा खाजा र स्यानिटरीका बिनियोजित बजेट विद्युतीय प्रविधिबाट कक्षामा जोडिन आवश्यक उपकरण किन्न उपयोग गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले अन्वेषण यात्राअन्तर्गत ‘महामारीमा शिक्षा, चुनौती र रणनीति’ विषयमा जुम प्रविधिबाट आयोजना गरेको भर्जुअल कार्यक्रमका सहभागी वक्ताले शिक्षकलाई प्रविधिमा दक्ष नबनाउँदा नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला शिक्षा क्षेत्र अलमलमा परेको बताए ।

कार्यक्रममा पूर्व सचिव ताना गौतमले संविधानमा शिक्षा र मानव अधिकार सम्बन्धमा गरिएका व्यवस्था कार्यान्वयन हुन नसकेको बताए । हाल चलिरहेको अनलाइन कक्षामा विपन्न वर्गले पहुँच पाउन नसकेको उनले बताए । निर्देशिका र कार्यविधि निकाल्दैमा सबैले शिक्षा पाए भन्ने नसोची अनुगमनमा जुट्न उनले सरोकार भएका निकायको ध्यानाकर्षण गराए । नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेलले पहिलेदेखि नै शिक्षकलाई प्रविधिमा दक्ष नबनाउँदा अहिले विद्यार्थीलेसमेत समस्या भोग्नुपरेको गुनासो गर्दै शिक्षा क्षेत्रमा दीगो विकास लक्ष्य अनुसार काम हुन नसकेको बताए।

शिक्षकलाई प्रविधिमा दक्ष बनाउन २० हजार शिक्षकलाई प्रविधिसम्बन्धी तालिम दिएको सङ्घले जनाएको छ । अभिभावक युनियन नेपालका अध्यक्ष केशव पुरीले सरकारको ध्यान राजनीतिमामात्र केन्द्रीत हुँदा बालबालिकाले पाउने शिक्षाका बारेमा अभिभावक द्विविधामा रहेको बताए । सरकारले ध्यान नदिँदा शिक्षा परिणाममुखी नभई परीक्षामुखी बन्दै गएको उनको भनाई थियो ।

एन प्याब्सनका महासचिव सुवास न्यौपानेले महामारीमा शिक्षा नै मुख्य आधार हुनुपर्नेमा त्यस्तो हुन नसकेको र सरकारले जारी गरेको निर्देशिका र कार्यविधि अनुसार काम नहुँदासमेत कसैले अनुगमन नगरेको बताए । अनलाइनबाट कतिले शिक्षा लिन सक्छन् भन्ने सूचनासमेत तीनै तहका सरकारसँग नभएकाले सही तथ्याङ्क सङ्कलनमा प्राथमिकता दिनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । समाजशास्त्री राजेन्द्र कोइरालाले शिक्षामा राजनीतिको प्रभावले समस्या थपिँदै गएको बताउनुहुँदै शिक्षामा वर्गीय असमानता ठूलो प्रश्नवाचक चिह्नका रुपमा उपस्थित भएकामा कसैको ध्यान जान नसकेको सुनाए । महामारीका कारण आएको सङ्कट शिक्षा क्षेत्र सुधारको अवसर बन्नुपर्ने उनको भनाइ थियो ।

फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले शिक्षा क्षेत्रमा विनियोजन भएको बजेट कार्यान्वयन नहुने, नेतृत्वमा बौद्धिक गरिबीको शिकारसमेत शिक्षा क्षेत्र बन्न पुगेको बताए । जन प्रशासन क्याम्पसका उपप्राध्यापक बाबुराम तिमल्सिनाले करिब ३० वर्ष चलेको संस्थात विद्यालय शुभतारा स्कूल बन्द भएकाले त्यसको अनुगमन कसले गर्ने हो भनी प्रश्न गरे । सो विद्यालयको आठभन्दा तलका कक्षा बन्द गरेको उनले बताए। मानव संसाधन बैङ्कको व्यवस्था गरी शिक्षा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति व्यवस्थापन हुनुपर्ने कार्यक्रमका सहभागीको जोड थियो ।

प्रतिक्रिया दिनुहोस