२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता

अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सूर्यविनायकमा आयोजित नवौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनको घोषणा पत्रमा उल्लेख भएका सबै प्रतिबद्धतालाई आगामी एकवर्षमा पुरा गरिने बताए ।

नगरपालिको अहिलेसम्म ६७ किमी पक्की र ११ किमी कच्ची सडक निर्माण, १२ वटा पुल निर्माण, १० खानेपानी आयोजना निर्माण, १५०० सडक बत्ती जडान, ११ सिंचाई कूलो निर्माण, पाँच पर्यटकीय स्थल र त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण, १७ हजार ५१७ घर नक्सा पास, ५३ कानून निर्माण, न्यायिक समितिबाट १३३ विवादको निरुपण, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २०० जनालाई १०० दिन बराबरको रोजगारी र सात हजार ९०१ जनालाई राहत वितरण भएको छ ।

त्यस्तै १० सामुदायिक भवन र ३४ विद्यालय निर्माण, २५ मठ मन्दिर निर्माण तथा जीर्णोद्दार, नौ स्वास्थ्य केन्द्रको स्तरोन्नति, १६ हजार ८३७ निगरबासीको निःशुल्क पिसिआर परीक्षण, सरकारले तोकेबमोजिमको उमेर समूहका छ हजार १०० जनालाई कोभिशिल्ड र २१ हजारलाई भेरोसिल खोप लगाउने कार्य सम्पन्न भएको नगर प्रमुख थापाले बताए ।

नपाले आगामी आवमा कृषि, उद्योग, शिक्षा, पर्यटन र पूर्वाधार विकासको माध्यमबाट नगरपालिकालाई मुलुककै उत्कृष्ट, व्यवस्थित,सुन्दर एवं हराभरा नगर बनाई ‘हाम्रो रहर, समृद्ध नगर’ बनाइने भएको छ । कोभिड महामारी नियन्त्रण गर्न सङ्क्रमितको खोज, निःशुल्क स्वाब सङकलन एवं परीक्षण र खोप कार्यक्रमलाई चरणबद्ध अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।

नगरक्षेत्रका आफ्ना सबै नागरिकलाई स्वास्थ्य बीमा गराउन लाग्ने शुल्कमा एक हजारका दरले अनुदानको व्यवस्था गर्ने, ‘निरोगी नगर’ बनाउन सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न जनसङ्ख्याको अनुपातमा आवश्यक जनशक्ति र अत्यावश्यक औषधिको व्यवस्था, आधुनिक प्रविधि तथा उपकरण प्रयोग, गुणस्तरीय र विस्तारित प्याथोलोजी सेवा सञ्चालन गरिने भएको छ । ६० वर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन सहित सेवाबाट बिदा दिने, स्वास्थ्य घुम्ति शिविर गरिने, नगरका १६ वर्षमुनिका क्यान्सर बिरामीको उपचारमा आर्थिक सहायता दिने भएको छ ।

त्यस्तै शिक्षक दरबन्दी मिलान सम्पन्न गरिने, सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीको व्यबस्था गरिने, प्रत्येक सामुदायिक विद्यालयमा इन्टरनेट जडान गरिने, सबै बालबालिकालाई विद्यालय भर्ना गराउने, स्थानीय विषयबस्तु समेटेको स्थानीय पाठ्यक्रम लागू गर्ने, उत्कृष्ट सामुदायिक विद्यालय, एसइईमा दुई र उच्च शिक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने जेहन्दार विद्यार्थीलाई पुरस्कृत गरिने भएको छ ।

सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, निःशुल्क खाजाको व्यवस्था गरिने, छात्राहरुलाई विद्यालयमा सेनेटरी प्याड व्यवस्था गरिने भएको छ ।

कृषितर्फ प्रत्येक वडाहरुमा कम्तिमा एउटा नमूना कृषि पकेट क्षेत्र बनाउने, युवाहरुलाई कृषिमा लगाउन आफ्नो ठाउँ आफै बनाऔँ अभियान शुरु गर्ने, बाँझो जमिन राख्न नपाइने, एक घर दुई फलफूलका विरुवा लगाउने, कम्तीमा पाँचजनाको सामूहिक खेती गर्ने कृषक समूहलाई तीन लाखसम्म अनुदान दिइने भएको छ ।

नगरको उत्पादन नगरमै उपभोगको नीति लिने, बीउबिजन बैंक, कृषि, प्राङ्गारिक मल उत्पादन, बजार तथा भण्डारण, चिस्यान केन्द्र, कृषि प्रयोगशाला सञ्चालन गरिने, आवास तथा बस्ती विकासका लागि निजीक्षेत्रसँगको सहकार्यमा जग्गा एकीकरण आयोजना सञ्चालन गरिने छ । नगरप्रमुख उज्यालो कार्यक्रममार्फत सडक, चोक तथा सार्वजनिक स्थलमा सडक बत्ति जडान गरिने, उद्योगग्राम निर्माण गरिने, वर्ष उद्यमी सम्मानबाट उत्कृष्टलाई पुरस्कृत गरिने, श्रम सूचना बैंक मार्फत रोजगारीको व्यवस्था गरिने छ ।

नगरपालिकामा खाद्य सङ्कट हुन नदिन साझेदारीमा फुड बैंक स्थापना गरिने, नगरक्षेत्रभित्रको जैविक विविधता, ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यटकीय सम्पदाहरुको पहिचान गरी त्यसको अभिलेखीकरण गर्दै प्रचारप्रसार, संरक्षण गरिने, राष्ट्रिय प्राणी उद्यानको जैविक विविधता संरक्षण गर्दै पर्या–पर्यटकीय पूर्वाधारहरुको निर्माण गरिनेछ ।

त्यस्तै पर्यटनको विकासका लागि मनोरञ्जनस्थल, साहसिक खेल, पदमार्ग, आराम क्षेत्रलगायत मानव निर्मित पर्यटकीय संरचनाको पूर्वाधार निर्माण, सफा र हरित शहरको सपना साकार अभियान सफल पारिने, नगरक्षेत्रमा वातावरणीय मापदण्ड पुरा नगरेका ईटा उद्योगलाई विस्थापित गरिनेछ ।

नगरपालिकाले प्रत्येक घरमा धारा पुर्याउन एक घर, एक धाराको नीतिलाई सम्पन्न गरिने, विपद् जोखिमबाट सुरक्षित शहरको नीति लिइने, प्रत्येक वडामा एकवटा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने र नगरक्षेत्रभित्र स्थायी बसोबास गर्ने ८० वर्ष भन्दा माथि उमेरका नागरिकलाई योगदानको आधारमा नागरिक मेयर सम्मान कार्यक्रम गरिने भएको छ ।

त्यस्तै अपाङ्ता, अशक्त, आर्थिक रुपले विपन्न व्यक्तिलाई बैशाखी, सेतो छडी, ह्विल चियरआदि वितरण गर्दै जीविकोपार्जनमा सहयोग गर्न नगरप्रमुख राहत कोष स्थापना गरिने, बालमैत्री नगरको रुपमा विकास गर्दै बालश्रम मुक्त नगर बनाइने भएको छ । सडक मानवमुक्त नगर बनाउन असहाय, अलपत्र परेका, आश्रयहिन व्यक्तिको उद्दार तथा पुर्नस्थापना कार्य गरिने भएको नगर प्रमुख थापाले बताए ।