२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाको विधान पारित

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठकले पार्टीको विधान पारित गरेको छ ।

सिंहदरबारमा आज भएको बैठकले सर्वसम्मत रुपमा पार्टीको विधान पारित गरेको हो । बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम भने अर्को बैठकले टुङ्गो लगाउने निर्णय पनि गरेको छ ।

जसपाका कार्यकारिणी समितिका सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईका अनुसार बैठकमा ‘सङ्घीय संसदीय दलको विधान–२०७८’ को मस्यौदा प्रस्तुत भई छलफलमा सदस्यबाट आएको सुझावलाई समेत समावेश गरी विधान पारित भएको छ । यस्तै, बैठकले प्राप्त सुझावलाई समावेश गर्न सांसदद्वय रामसहाय प्रसाद यादव र राईलाई जिम्मेवारी दिएको छ । उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय गरिएको छ । संसदीय दलको बैठकमा २२ सांसदको उपस्थिति थियो । जसपाको प्रतिनिधि सभामा ३२ सांसद रहेका छन् ।

जसपाको संसदीय दल बैठकमा अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत सांसद रहेका छन् । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता समीकरणका बेला जसपा दुई समूहमा विभाजन भएको थियो । तथापि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा जसपाको दुवै पक्षले मत दिएको थियो । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कतिपय सांसद यादव समूहमा आएका थिए ।

जसपाको पार्टी आधिकारिकताको विवाद भने निर्वाचन आयोगमा अड्किएको छ । आयोगले दुवै पक्षको कागजात झिकाएर आवश्यक छलफल गरेर निर्णय लिने बताइएको छ । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गरेपछि आयोगले इजलास गठन गरेर पार्टी आधिकारिकताको निष्कर्ष निकाल्ने जनाएको थियो । उक्त सम्बन्धमा साउन ३ गतेदेखि छलफल चलिरहेको छ । आयोगको निर्णयपछि यादव पक्ष सरकारमा सहभागी हुने बताइएको छ ।