१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस मोरङको निर्वाचन प्रचार समिति गठन

अ+ अ-

मोरङ । नेपाली काँग्रेस मोरङले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रचार विभाग प्रमुख रोहित कार्कीको संयोजकत्वमा छ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको छ ।

पार्टीका गतिविधिलाई प्रचारप्रसार गर्न डेक्स स्थापना गरिन लागेको काँग्रेसले जनाएको छ । बिहीबार बसेको पार्टी बैठकले मोरङ काँग्रेसका प्रचार विभाग प्रमुख रोहित कार्कीको संयोजकत्वमा छ सदस्यीय निर्वाचन प्रचार समिति गठन गरेको हो ।

प्रेस युनियन आबद्ध पत्रकारहरूलाई यसमा समेटिएको छ । प्रेस युनियनका मोरङ अध्यक्ष मीनकुमार नवोदित, कौशल निरौला, कुमार लुइँटेल, कुमोद अधिकारी, विनोद सुवेदी र देवनारायण साहलाई सञ्चार डेक्समा राखिएको छ ।

पत्रकार कुमार लुइँटेललाई समाचार संयोजकको जिम्मेवारी दिइएको छ । यस्तै, पार्टीले उर्लाबारी, पथरी, बेलबारी र रङ्गेली क्षेत्रमा रहेका प्रेस युनियन आबद्ध पत्रकारहरूको प्रचारप्रसार उपसमिति गठन गर्ने पनि जनाएको छ ।

विभिन्न क्षेत्रमा रहेका पार्टीका गतिविधिहरू समेटियोस् भनेर सञ्चार डेस्क स्थापना गरिएको काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले जानकारी दिए ।

यस्तै, बैठकले त्रैमासिक पत्रिकासमेत प्रकाशन गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख रोहित कार्कीकै संयोजकत्वमा सात सदस्यीय सम्पादकीयमण्डल पनि गठन भएको छ ।

यसमा पत्रकारहरू मीनकुमार नवोदित, अनन्तराज न्यौपाने, शेखर रेग्मी, सुशीला पाठक र तारा आचार्य रहेका छन् । बुलेटिनमा काँग्रेसका हरेक गतिविधिहरू प्रकाशन गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस