२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ अभियान थालेदेखि घेराबन्दी भयो

अ+ अ-

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्यालयमा सुधार ल्याउन खोज्दा आफू विरुद्ध घेराबन्दी भएको बताएका छन्।

आज आयोजित पत्रकार सम्मेलनमा उनले विश्वविद्यालयको लेटर प्याड, छाप र प्रशासन प्रमुखको हस्ताक्षर दुरुपयोग गरी आपराधिक गिरोहले आफ्नो मृत्युबारे अफवाह फैलाइएको बताए ।

शनिबार विश्वविद्यालयकै लेटर प्याडमा उपकुलपतिसिंहको मृत्यु विवरण समेटिएको प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

उपकुलपति सिंहले भ्रष्टाचार नियन्त्रण र प्राज्ञिक सुधारका योजना अघि सार्दा आफू विरुद्ध चौतर्फी घेराबन्दी भएको टिप्पणी गरे। ‘अत्यन्त निकृष्ट शब्द प्रयोग गरेर मेरो मृत्यु घोषणा गरियो, यसबाट म विचलित हुनेछैन्’, उनले भने, ‘पदमा रहुन्जेल विश्वविद्यालय सुधारेरै छाड्छु, गलत गर्नेलाई कुनै हालतमा छुट दिन्न ।’ उनले आफ्नो मृत्यु भएको भनी विज्ञप्ति जारी गर्ने आपराधिक गिरोहविरुद्ध साइबर अपराध र सरकारी कागजात दुरुपयोगसम्बन्धी मुद्दा दायर गरेको जानकारी दिए ।

आफूले ‘भ्रष्टाचारमुक्त विश्वविद्यालय’ र पारदर्शिताको अभियान थालेदेखि विगतमा ‘बिल मिलाएर खानेहरु’ आफू विरुद्ध लागेको उपकुलपति सिंहको आरोप थियो ।

उपकुलपति सिंहले विश्वविद्यालय प्रशासन विद्यार्थी र प्राध्यापकहरुका जायज माग सम्बोधन गर्न तयार रहे पनि उनीहरु वार्तामा आउन नचाहेकाले समस्या समाधान हुन नसकेको बताए। केही उद्दण्ड तत्त्वहरूले भौतिक संरचनामा पुर्याएको क्षतिबारे प्रमाणसहित उपलब्ध गराउँदासमेत प्रहरीले बेवास्ता गरेको गुनासो गरे।

त्यस्तै उपकुलपतिविरुद्ध आपराधिक कार्य गर्नेको पहिचान गरी कानूनी कारबाही गर्न विश्वविद्यालय प्रशासनका साथै विभिन्न प्राध्यापक र विद्यार्थी सङ्गठनहरुले माग गरेका छन् ।