धनगढी । पारस खड्काको टिम टिम चौराहाले धनगढी प्रिमियर लिग (डीपीएल ) क्रिकेटको उपाधि जितेको छ । बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै टिम चौराहाले जित हासिल गरेको हो ।
टिम चौराहाले बिराटनगर किङ्ग्सलाई १६० रनको लक्ष्य दिएको थियो भने बिराटनगर किङ्ग्सले १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९७ रन मात्र बनाउन सक्यो ।