१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ लाख अनुदान वितरण

अ+ अ-

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए।

सो सहकारी संस्था मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका सञ्चालक पुष्प गैह्रेले रु एक लाख १९ हजार अनुदान रकम प्राप्त गर्नुभएको छ भने सबैभन्दा कम पाउनेले रु तीन हजार बुझेका छन् ।

सो सहकारीबाट वार्षिक रु १३ लाख लिटर दूध विक्री भएको थियो । ‘कृषकलाई पशुपालनतर्फ आकर्षित गराउन उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएका हौ, यस कार्यक्रमले यहाँका कृषक उत्साहित छन्,’ उनले भने ।

सहकारीका अध्यक्ष छविलाल घिमिरेले सहकारीमार्फत् बन्दिपुरका अलवा आँबुखैरेनी र गोरखाको पालुङटारका कृषकले पनि दूध विक्री गर्दै आएको जानकारी दिए।

गाउँपालिकाले बन्दिपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध विक्री गर्ने ६१ कृषकलाई यसअगाडी रु एक लाख ६० हजार वितरण गरिसकेको छ । उक्त सहकारीमार्फत् दूध विक्री गर्नेले रु पाँच हजारदेखि रु २६ हजारसम्म अनुदान रकम पाएका छन् । उक्त सहकारीमार्फत् व्यास र भानुका कृषकले पनि दूध बिक्री गर्दै आएका छन् ।

उत्पादनका आधारमा दिइने अनुदानका कारण गत वर्षभन्दा यस वर्ष दूध उत्पादनमा वृद्धि आएको छ । दूधमा अनुदान पाएका कृषक पुष्प गैह्रेले अनुदान दिने व्यवस्थाले पशुपालन गर्ने कृषकलाई सहयोग पुगेको बताए । ‘गाईपालनमा ठूलो लगानी गरेका छौ, दूध उत्पादनमा अनुदान दिने व्यवस्थाले यसतर्फ लागिरहन प्रेरणा दिन्छ,’ उनले भने।

याम्पाका कृषक काशीनाथ भट्टराईले दूधमा अनुदान दिने व्यवस्थाले कृषकलाई प्रोत्साहन मिल्ने बताए । ‘कृषकलाई प्रोत्साहन गर्न र अन्यलाई यसतर्फ आकर्षित गर्न गाउँपालिकाले ल्याएको योजना सकारात्मक छ, अनुदानको रकम अझ वृद्धि गर्नुपर्छ,’ उनले भने।

बन्दिपुरलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको र दूध उत्पादन वृद्धि गर्न पशुपालनतर्फ कृषकलाई आकर्षित गराउन जरुरी रहेको गाउँपालिकाले जनाएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेपछि गाउँपालिका दूधमा आत्मनिर्भर हुने र त्यसकै लागि कृषकलाई अनुदानको व्यवस्था मिलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस