२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा जलवायुमैत्री कृर्षि नमुना गाउँ बन्दै

अ+ अ-

डोटी । जोरायल गाउँपालिका–२ डाडाँखालि पहिलो जलवायुमैत्री कृर्षि नमुना गाउँ बन्दै गएको छ । जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गरी जलवायु प्रविधि हस्तान्तरण गर्ने उद्देश्यका साथ आर्थिक वर्ष ०७/०७८ मा कृर्षि ज्ञान केन्द्र डोटीको कार्यक्रम पश्चात् जलवायुमैत्री नमुना गाउँ बन्न गइरहेको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए ।

उनले भने,‘यो कार्यक्रम डोटीको लागि नितान्त नयाँ प्रविधिमैत्री कार्यक्रम हो यसले जलवायु परिवर्तनका कारण आउने परिवर्तनसँग प्रविधिको जुझाई हो, यसले मौसमी तथा बेमौसमी तरकारी खेती गर्न किसानहरूलाई व्यवसायमुखी बनाउन सहयोग गर्नेछ ।’ यस कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिनेसमेत प्रमुख पनेरुले बताए ।

लिबर्डसँगको साझेदारीमा कृर्षि ज्ञान केन्द्रले उक्त गाउँलाई जलवायुमैत्री कृर्षि नमुना गाउँ बनाउन सहयोग गरेको हो । जसमा हाल नौ वटा प्लास्टिकका घरहरू निर्माण गरी तरकारी फलाउन सुरु गरिसकेका छन् ।

नयाँ प्रविधिअनुसार १८/५ मिटरका घरहरू निर्माण हुने गर्दछन् । जस भित्र ईन्सेकनेट, युभि प्लास्टिक, स्टेकीङ रोप जडान गरिएको हुन्छ । जसले प्लास्टिकको घरभित्र तरकारीलाई चाहिले आवश्यक मात्राको जलवायु तयार गर्न सहयोग गर्नुका साथै बेमौसमी तरकारी खेती गर्न सकिने देखिन्छ । एउटा प्लास्टिकको घर निर्माण गर्न करिब एक लाख रुपैयाँ खर्च हुने गर्दछ ।

ज्ञान केन्द्रको सहयोगमा प्लास्टिकको घर निर्माण गरी गोलभेँडा र काँक्रो उत्पादन भइरहेका स्थानीय कृषक वसन्त सिजाली मगरले बताए । उनले भने,‘यो कार्यक्रमबाट हामीलाई धेरै राहत पुगेको छ, हामीलाई कृर्षि कार्यमा तरकारी खेती गर्नुपर्छ भनेर सिकाई भएको छ हामी यसलाई निरन्तरता दिने छौँ ।’

डोटीको लागि यो नयाँ कार्यक्रम हो । यसलाई जिल्ला व्यापी बनाउन सके आर्थिक स्थिति कमजोर भएका कृषकहरूले मनग्य आम्दानी गर्नुका साथै बेरोजगारी युवाहरूले रोजगार पाउनुका साथै कृर्षि कार्यतर्फ पनि युवाहरूको आकर्षण बढ्ने देखिन्छ ।