१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा (एकीकृत समाजवादी)ले आज दलको नेता चयन गर्दै

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ ।

दलको नेता चयन गर्न आज संसदीय दलको बैठक बोलाइएको नेता मेटमणि चौधरीले जानकारी दिएका छन्।

बिहान ११ बजे बस्ने बैठकले दलको नेता छान्ने चौधरीले बताए। त्यसपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक छान्ने कार्यक्रम रहेको पनि उनले बताए।

एकीकृत समाजवादीमा प्रतिनिधि सभाका २३ र राष्ट्रिय सभाका सात सांसद छन्। प्रतिनिधि सभाका माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, कल्याणी कुमारी खड्का, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु, प्रेमबहादुर आले, मेटमणि चौधरी,सरला यादव, भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, कृष्णलाल महर्जन, कृष्णकुमार श्रेष्ठ, कलिला खातुन, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम,पार्वतीकुमारी विशुंखे,लक्ष्मी चौधरी, विना बुढाथोकी र झलनाथ खनाल छन्।

राष्ट्रिय सभाका डाक्टर वेदुराम भुसाल, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं र शान्तिकुमारी अधिकारी जिसी एकीकृत समाजवादीमा छन्।

एमालेबाट छुट्टिएका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले भदौ ९ गते नयाँ दलको वैधानिकता पाएको थियो।

प्रतिक्रिया दिनुहोस