२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सम्पन्नलाई पनि कर्णालीमा उपचार गर्ने वातावरण तयार गर्छौँ’

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले सम्पन्न वर्ग आकर्षित हुने गरी अस्पतालको विकास गर्ने बताएका छन् ।

प्रदेश अस्पताल सुर्खेतद्वारा मङ्गलबार आयोजित आर्थिक वर्ष २०७३/७४–२७७/७८ सम्म सेवाग्राहीले अन्तरङ्ग, बहिरङ्ग विभागबाट लिएका उपचार सेवा, शल्यक्रियासहितका तथ्याङ्क सार्वजनिक कार्यक्रममा निर्देशक उनले तथ्याङ्कबाट विगतमा यहाँको स्वास्थ्य अवस्था र हालको वस्तुस्थितिले देखाएको प्रगतिबारे स्पष्ट भएको जनाए।

उनका अनुसार मध्यपश्चिम क्षेत्रीय हुँदै प्रदेशमा रूपान्तरण भएको यस अस्पतालले पछिल्लो समयमा सबै खाले स्वास्थ्य सेवा विस्तार गरेको छ । ‘अहिले हामीले अर्थोपेडिक, पेडियाट्रिक, साइक्याट्रिक, जेरियाट्रिक, पोष्ट ओपी, न्यूरो सर्जरी, इएनटीलगायत विशेषज्ञ वार्ड सेवा सुरुआत गरेका छौँ’, निर्देशक डा. खड्काले भने, ‘यसमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, न्यूरोलगायत विधाका कन्सल्ट्यान्ट, विशेषज्ञ, मेडिकलसहित ६० चिकित्सक कार्यरत छन् ।’

प्रदेश अस्पतालका प्रवक्ता एवं हाडजोर्नी विशेषज्ञ डा. विकास केसीले सेवाग्राहीको समस्यालाई मध्यनजर गरी समय बढाएर अस्पतालले ओपिडी सेवा बिहान ८ः०० देखि अपराह्न ४ः०० बजेसम्म र नाम दर्ता ८ः०० देखि अपराह्न २ः०० बजेसम्म गरिने बताए । उनले बिरामीकै हितमा आकस्मिक सेवा, सिटी स्क्यान, अल्ट्रा साउन्डलगायत सेवा प्रवाह गरिएको जनाए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाडौँमा कार्यरत न्यूरोसर्जन सहायक प्राध्यापक डा निलम खड्काले कर्णालीको करिब २० लाख जनसङ्ख्यामा एक जना न्यूरोका चिकित्सक हुनु दुःखद कुरा भएको बताए। यद्यपि यस चार महिनाको अवधिमा पनि २५ जनाको टाउको, दुईको हड्डी, एक/एक जनाको घाँटी र ढाडको शल्यक्रिया गरिएको उनको भनाइ थियो ।

सामाजिक सुरक्षा शाखाका प्रमुख रामप्रसाद भण्डारीले गत आव २०७७/७८ मा कर्णाली प्रदेश अस्पतालबाट १६ हजार बिरामीले स्वास्थ्य बिमाको सेवा लिएको बताए । पछिल्लो समयमा बिमाप्रति नागरिकको आकर्षण बढेको उल्लेख गर्दै शाखा प्रमुख भण्डारीले स्वास्थ्य बिमाबाट ४० प्रतिशत नागरिक प्रदेश अस्पतालबाट लाभान्वित भएको जनाए ।