२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दा बढीको मृत्यु

अ+ अ-

किन्सासा । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले शनिबार बताएका छन्।

कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो। यहाँका मानिसहरू देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन् । उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता रहेको विश्वास गरिएको छ । उक्त दुर्र्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन्।

यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन यो । सङ्ख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो । यो एक प्रकारको परम्पारागतरूपमा बनाइएको काठको ढुङ्गा हो । प्रवक्ताका अनुसार उक्त दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ ।
पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन्। प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारि रहेको बताएका छन् ।