११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरप्रमुखद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

अ+ अ-

भक्तपुर । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै लेखिएको ध्यानाकर्षणपत्र जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई आज पत्र बुझाएको हो ।

कमलविनायकदेखि भत्केको पाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक विस्तारका लागि २०७१ असार २ गते सैलुङ्ग कन्स्ट्रक्सन प्रालिले २०७३ साल असार ३ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरे पनि हालसम्म सडक विस्तार हुन नसक्दा स्थानीयवासीले निकै सास्ती खेप्दै आएका छन् ।

नगरपालिकाको उपप्रमुख वीणा बास्तोला, वडा नं ६ का वडाध्यक्ष सन्तराम वाइवालगायत जनप्रतिनिधि सम्मिलित टोलीले ध्यानाकर्षणपत्र बुझाएपछि प्रजिअ शर्माले सडक निर्माण सम्पन्न गर्न आफूले पनि ताकेता गरेको र सबै मिलेर समयमै सम्पन्न गर्न दबाब दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस