१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

अ+ अ-

गलकोट । विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोरोना परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

घिमिरेका अनुसार विद्यालय भएको समुदायको तीन जनामा समेत कोरोना पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिले निर्णय गर्ने जनस्वास्थ्य निरीक्षक घिमिरेले बताए ।

कोरोना पुनः बढेसँगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय सङ्क्रमित रहेकामा बिहीबारमात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । अहिले धवलागिरि अस्पताल बागलुङको आइसोलेशनमा दुई सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस