२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढुङ्गा प्रहार गरी अज्ञात समूहद्वारा एकको हत्या, एक गम्भीर घाइते

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित छाला उद्योगनजिकै आइतबार अपराह्न अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरेको छ । सोही समूहले अर्का एक जनालाई घाइते बनाएको छ ।

ढुङ्गा प्रहारबाट मृत्यु हुनेमा व्यास नपा–१ भादगाउँ घर भई हाल काठमाडौँ बस्दै आएका ४२ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताए ।

पाँच÷छ जनाको समूहले परियारलाई ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको उनले बताए । घाइते परियारको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही समूहको आक्रमणबाट व्यास नपा– १ कै देवनारायण श्रेष्ठको दाहिने कानमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको अहिले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

दमौलीस्थित रत्नहरि अस्पतालका डा. रामकुमार श्रेष्ठले अस्पताल पु¥याउना साथ परियारलाई मृत घोषणा गरेका थिए । डा. श्रेष्ठले परियारको टाउकोमा तीन ठाउँमा गहिरो गरी काटेको र अत्याधिक रगत बगेकाले मृत्यु भएको हुनसक्ने बताए । शनिबार मात्रै परियार र श्रेष्ठ स्थानीय तहको निर्वाचनमा मतदान गर्न काठमाडौँबाट दमौली आएका थिए ।

घटनामा संलग्न व्यक्तिको तीव्र खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए । रासस

0 Comments