२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुमको सिस्ने गाउँपालिका नौ करोड लगानीमा खानेपानी आयोजना

अ+ अ-

रुकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ ।

सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठुलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रवार शिलान्याससमेत गरिएको छ ।

वडा नम्बर ५ का वडाध्यक्ष शान्ते बहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे ।

लुम्बिनी प्रदेश सरकारको नौ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ्की निर्माण गरिने छ । वडा नम्बर ५ को रुमाल बारा, बाहुन ठाना र टाकुरामा थप खानेपानीको आपूर्तिका लागि यो आयोजना निर्माण गर्न लागिएको हो । वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पुर्‍याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु गरिएको वडाध्यक्ष विकले बताएका छन् ।

पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउने छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ । उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको छ ।

समितिको अध्यक्षमा टोपबहादुर कार्की, सचिवमा डिक्कु बुढा र कोषाध्यक्षमा गीता शाह रहेका छन् । अहिले पनि वडा नम्बर ५ का सबै बस्तीका घरघरमा खानेपानीका धारा रहेका छन् । दीर्घकालीनरुपमा योजना निर्माण गरी पछि थप पानीको आवश्यक पर्ने भएकाले यो खानेपानी आयोजना निर्माण हुन लागेको हो ।

वडाका सबै घरधुरीमा सहजरुपमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउने लक्ष्यअनुसार काम भइरहेको वडाध्यक्ष विकले बताए । अहिले ठाराखोला, घङगारचौर र रासुछहरा गरी तीन वटा मुहानको पानी ल्याएर वडा नम्बर ५ का बस्तीमा खानेपानीको आपूर्ति भइरहेको छ ।

जनसङ्ख्या वृद्धि र बस्ती विकास हुँदै गएकाले भोलिका दिनमा थप पानीको आवश्यक पर्ने भएकाले अहिलेबाट थाक्नाखोला खानेपानी आयोजना निर्माणको काम सुरु गरिएको बताइएको छ ।