२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा जलपक्षी गणना ५ तारिखदेखि

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जनवरी ५ तारिखदेखि हिउँदे आगन्तुक जलपक्षी गणना गरिने भएको छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ ।

जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका ताल तलैयामा गणना थालिएको भए पनि अन्य क्षेत्रमा क्रमशः गणना गर्न लागिएको हो । वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार चितवनमा ५ तारिखदेखि जलपक्षी गणना गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिने छ ।

चौधरीका अनुसार लोथर खोलादेखि कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म पहिलो दिन गणना गरिने छ । त्यसै गरी ६ तारिखमा विषहजारी ताल र आसपासका तालम गणना गरिने छ । छुटपुटका ठाउँमा ७ तारिखमा गणना गरिने छ ।

यस्तै पश्चिम चितवनमा ७ तारिखमा चरा गणना गरिँदै छ । नेपाल चराविज्ञ सङ्घका प्रतिनिधि हठन चौधरीका अनुसार राप्ती नदीको घठगाईदेखि गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाजापुरदेखि गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिने छ ।

वर्ड एजुकेसन सोसाइटीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा गणना गर्न लागिएको हो । सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले बाइनाकुलार क्यामेरा, जिपिएस, साउन्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिने बताए । गत वर्ष चितवनमा ५५ प्रजातिका नौ हजार ५६५ चरा भेटिएको उनले जानकारी दिए ।

नेपालमा सन १९८७ बाट चरा गणना थालिएको हो । गणनाको नेतृत्व गर्दै आउनुभएका पक्षी विशेषज्ञ डा हेमसागर बराल चराको सङ्ख्या, अवस्था, सिमसारको अवस्था, चराले भोग्नु परेका बाधा व्यवधानलगायतको अध्ययन यसै क्रममा गरिने बताए ।

चराका वासस्थानमा माछा मार्ने, तालतलैया फुटाएर सिँचाइ गर्ने, चोरी सिकार गर्ने, डुङ्गा चलाउने जस्ता समस्या देखिने भएकाले तिनीहरुको अवस्था बुझ्न गणना महत्त्वपूर्ण हुने उनको भनाइ छ । देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन गणना उपयोगी हुने गर्दछ ।

उनका अनुसार अगस्टको अन्तिम साताबाट जाडो छल्न जलपक्षी नेपाल आउन थाल्दछन् । अक्टोबरको अन्तिम साता ठुलो सङ्ख्यामा चरा आउने र डिसेम्बरसम्म आइरहन्छन् ।

मार्चबाट फर्कन सुरु गर्ने उनले जानकारी दिए । नेपालमा जलपक्षी ठुलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरिया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले जानकारी दिए।

नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । फोटो ग्राफरको पनि गणनामा सहभागिता हुने गर्दछ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ ।