११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोरोनाको तेस्रो लहरका कारण बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित भएको हो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले केही दिनमै यसबारे औपचारिक निर्णय लिइने जनाएको छ ।

सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू गरेको निर्देशिकामा २५ जनाभन्दा बढी सहभागी हुने गरी औपचारिक भेला, समारोह आदि गर्न बन्देज लगाइएको छ । यसको प्रत्यक्ष प्रभाव काँग्रेसका बाँकी जिल्ला अधिवेशनमा देखिनेछ ।

निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले कोभिडका कारण जिल्ला अधिवेशन गर्ने परिस्थिति टर्दै गएको बताए । ‘जिल्ला अधिवेशन गर्न परिस्थिति अप्ठ्यारो बन्दै गएको छ । निर्वाचन समितिले केही दिनमा आवश्यक निर्णय लिनेछ’, रावलले भने ।

माघ १५ मा नहुने निश्चित भइसकेको जिल्ला अधिवेशनको नयाँ मिति तोक्न पनि कठिनाइ देखिएको छ । कोभिडको तेस्रो लहर समाप्त भएपछिमात्रै नयाँ मिति तोकिने सम्भावना छ ।

निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीलाई मातृशोक परेका कारण बैठक बस्न ढिलाइ भएको हो । काँग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । १६ जिल्लामा भने क्रियाशील सदस्यता लगायतका विवादका कारण अधिवेशनमा ढिलाइ भएको थियो ।

यसअघि गत पुस २७ गतेका लागि ती जिल्लामा अधिवेशन तोकिएको भएपनि राष्ट्रिय सभा निर्वाचनको कारण देखाउँदै माघ १५ गतेका लागि सारिएको थियो ।

काँग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस