२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै धेरै ५० हजार सङ्क्रमित

अ+ अ-

सोल । दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक धेरै हुँदै गएको हो ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

देशभरि कुल ४९ हजार ५६७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको कोरिया रोग नियन्त्रण तथा न्यूनीकरण विभागले जनाएको छ ।

यससँगै कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ३१ हजार २३९ पुगेको छ ।

अघिल्लो दिन भने ३६ हजार ७१९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो ।

अघिल्लो दिनभन्दा झन्डै १३ हजार बढी सङ्क्रमित भएको देखिएको छ । यसका आधारमा दैनिक सङ्क्रमितहरूको वृद्धिदर पनि अत्यधिक धेरै भएको छ ।

नयाँ सङ्क्रमित मध्ये ११ हजार ६३० जना राजधानी सोलका मात्रै रहेका छन् ।

कुल नयाँ सङ्क्रमित मध्ये २८५ जना गम्भीर अवस्थामा रहेका छन् । जबकि अघिल्लो दिन नयाँ सङ्क्रमित मध्ये १७ जना मात्रै गम्भीर अवस्थामा रहेका थिए ।

पछिल्लो एक दिनमा दक्षिण कोरियामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या छ हजार ९४३ पुगेको छ ।