२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगका सिफारिस न्यूनमात्र कार्यान्वयनमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई गरेको सिफारिस १४ प्रतिशत मात्र कार्यान्वयन भएको जनाएको छ ।

आयोगका पदाधिकारीको पहिलो एक वर्षको प्रमुख गतिविधि सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेको सिफारिस सरकारले १४ प्रतिशत मात्र कार्यान्वयन गरेको र पूर्णरूपमा कार्यान्वयन हुने वातावरण बनाउनका लागि प्रयास भइरहेको बताएका छन् ।

उनले आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि एउटा संयन्त्र बनाउने तयारी भएको र भविष्यमा पूर्णरूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

आयोगमा २०७७ माघदेखि २०७८ मङ्सिर मसान्तसम्म आयोगमा जम्मा १२९ उजुरी दर्ता भएका छन् । त्यसमध्ये नयाँ र पुराना गरी जम्मा ३७८ थान उजुरी फछ्र्यौट भएका छन् भने निर्णय सङ्ख्या जम्मा ४६६ रहेका छन् । त्यसमा नीतिगत चार र उजुरीगत ५१ सिफारिस भएका छन् ।

आयोगले गरेका नीतिगत सिफारिसमा मनोसामाजिक समस्याको उपचारका लागि स्वास्थ्य संस्थाको कमी रहेकाले प्रदेशस्तरमा समेत यस्ता स्वास्थ्य संस्थाको विस्तार गर्न र हाल भएका स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरी व्यवस्थापनमा सुधार गर्नुपर्ने रहेको छ ।

त्यस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचानको अधिकारलाई सम्मान गर्नुपर्ने, कारागार र हिरासतको स्तरोन्नति गर्न र सुरक्षाको व्यवस्था मिलाउन र स्थानीय सरकारले कानून निर्माण गर्दा मानव अधिकारमैत्री हुनेगरी निर्माण गर्नुपर्ने रहेको छ ।

उजुरीगत सिफारिसमा पहिचान भएका पीडकलाई कानूनबमोजिम कारवाही गनुपर्ने, पीडक पहिचान गरी कानूनबमोजिम कारवाही गर्नुपर्ने, पहिचान भएका पीडक, निकायलाई कारवाही गर्नुपर्ने र पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने रहेको छ ।

सबैको प्रयासका बाबजुद पनि देशको मानव अधिकारको अवस्था त्यति सन्तोषजनक नरहेको हुँदा मानव अधिकारको अवस्थामा सुधार ल्याउन राज्यका सबै निकायले आपसी सहकार्य गर्न आवश्यक रहेको आयोगको बुझाइ छ ।