२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कौशिक नवराजको कथासङ्ग्रह ‘डियर एक्स’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । कौशिक नवराजको कथासङ्ग्रह ‘डियर एक्स’ सार्वजनिक भएको छ ।

लेखन कुञ्जमा आयोजित कृति विमोचन कार्यक्रममा प्रखर समालोचक, प्राध्यापक राम लोहनी, वरिष्ठ पत्रकार तथा साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, मदन पुरस्कारका लागि छनोट भएको पुस्तक फिलिङ्गोका स्रष्टा प्रभा बराल, कानुन व्यवसायी तथा लेखक जया ओझा सहभागी रहेका थिए ।

‘डियर एक्स’ युवा पुस्तालाई लक्षित गरी लेखिएको कथाहरूको सँगालो हो । कथाहरूमा लेखकले युवापुस्ताको, त्यसमा पनि पुरुषहरूको सामाजिक, यौन, प्रेम र बिछोडका मनोविज्ञानलाई मिहिन रूपमा केलाउने प्रयास गरेका छन् । कथा भित्र निजामती सेवा सँगै देशको विभिन्न जिल्लाको भूगोल, सरकारी कार्यालयको अनुभव, भौगोलिक परिवेशलाई लेखकले प्रेमसँग जोडेर प्रयोगात्मक शैलीमा जागिर र प्रेमको फ्युजन देखिन्छ ।

निजामती सेवामा रहेका नवराजले निजामती क्षेत्रका समस्या, बेथिति तथा कर्मचारीहरूको मनोविज्ञानलाईसमेत आफ्नो कथामा अटाएका छन् । कथा विशेष गरी प्रेम सम्बन्धमा रहेर एक्स हुन पुगेका जोडीहरूलाई जोडेका छन् ।

कथामा निजामती सेवामा रहँदा विभिन्न पात्रले भोग्नु परेका आरोह अवरोहदेखि पद सोपानका श्रृङखलाहरु, निजामती सेवा भित्रको चेन अफ कमान्डलाई गहन विश्लेषण गरेर केलाइएको छ । साथै सार्वजनिक प्रशासन तत्कालीन समयमा कस्तो रहेको थियो ? कसरी सञ्चालन हुन्थ्यो ? तल्लो र माथिल्लो तहका कर्मचारीको खाडल र मनोवैज्ञानिक विभेदलाई पनि समावेश गरिएको छ ।

जागिर प्रेमलाई एकसाथ अगाडि बढाउन सकेका सफल र असफल प्रेम सम्बन्धले सेवा प्रवाहमा के कस्तो असर पुर्याउछ र युवा पुस्तामा नै निजामती सेवामा प्रवेश गरेका कथाका पात्रहरूको के कस्तो मनोविज्ञान रहन्छ भन्ने बारेमा केही प्रयोगात्मक शैलीमा कथा लेखिएको हुँदा यसले नव प्रवेशी कर्मचारीहरूदेखि स्कुल कलेजका विद्यार्थीहरूलाई थप कौतुहलता थप्ने देखिन्छ ।

दश वटा कथाहरू रहेको पुस्तक ३२० पृष्ठको रहेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका नवराजका गैह्र साहित्यिक कृति‘क्लिनफिड र सञ्चार, साहित्यतर्फ डियर एक्स कथा सङ्ग्रह प्रकाशन भइसकेका छ ।