२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाजको बोर्डिङ पासमा मदिराको विज्ञापन रोक्न मन्त्री आलेको निर्देशन

अ+ अ-

काठमाडौं । पर्यटन मन्त्रालयले जहाजको बोर्डिङ पासमा मदिराको विज्ञापन गर्न रोक लगाएको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा बोर्डिङ पासबाट मदिरा, चुरोट र खैनीको विज्ञापन हटाइन लागिएको हो ।

पशुपतिनाथ मन्दिर परिसरका फूल पसललाई व्यवस्थित गर्नेबारे सोमबार आयोजित छलफल कार्यक्रममा मन्त्री आलेले उक्त निर्देशन दिएका हुन् । ‘बोर्डिङ पासबाट भोड्का, सूर्य चुरोट र खैनीको विज्ञापनलाई पूर्णरुपमा प्रतिबन्ध लगाइनेछ’ आलेले भने ।

शिवरात्रीमा पशुपतिनाथ मन्दिरमा सहजरुपमा दर्शनको व्यवस्था मिलाउनेबारे पनि मन्त्री आलेले योजना प्रस्तुत गरे । भीडभाड कम गर्न पशुपतिमा रहेका फूल पसललाई त्यहाँबाट हटाइने भएको छ भने जुत्ता चप्पल लगाएर मन्दिर परिसरभित्र जान पाइनेछैन ।

‘टहरा र फूल पसल मात्र सार्न सकियो भने पनि भीडभाड निकै कम हुन्छ’ उनले भने ।

खाल्डाखुल्डी पुरिने, पर्खालका भित्तामा देवीदेवताका चित्र पेन्टिङ गरिने समेत मन्त्री आलेले बताए । दर्शनार्थीलाई लामो समय लाइनमा नउभिकनै सहज दर्शनको व्यवस्था मिलाइने तयारी भएको समेत उनले जनाए ।

भारतबाट आएका हिन्दू तीर्थालुलाई पनि सहज दर्शनको लागि व्यवस्था गरिने समेत उनले जनाए । सो क्षेत्रका कांग्रेस सांसद गगन थापाले पनि शिवरात्री पर्वलाई व्यवस्थित तुल्याउनेबारे मन्त्री आलेलाई सुझाव दिए ।

यसपटकको शिवरात्री फागुन १७ गते मनाइँदैछ । मन्त्री आलेले यसअघि पशुपति धर्मशालामा पनि व्यवस्थापन सुधारको प्रयास गरेका थिए भने नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा क्याफेटेरिया बन्न रोक लगाएका थिए ।