२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०९ घरपरिवारलाई रोजगारी

अ+ अ-

उदयपुर । त्रियुगा नगरपालिका वडा नंं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १०९ घरका परिवारलाई रोजगारको व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को बजेटमा आधारित वडा नं १६ का चार सडक योजनामार्फत सो क्षेत्रका १०९ घरपरिवारलाई रोजगार व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।

मङ्गलबार चार सडक निर्माण योजनाको नगर प्रमुख देवीकुमारी चौधरीले शिलान्यास गरेपछि उक्त सडक योजनामा यस क्षेत्रका १०९ घरपरिवारलाई रोजगारसहित परिचालन गरिएको त्रिनपा–१६ का वडाध्यक्ष मानबहादुर राईले बताए ।

अध्यक्ष राईका अनुसार सिम्ले रातापानी सडक, गोरेपा रातमाटे तथा सिम्ले, सिमलपानी खरीटार, तीनधारे आँपडाँडा सडक र सिमले रातापानी सडक निर्माण कार्य सुरु गरिएको हो ।

गोरेपा रातमाटे सडक दुई किमी ५०० मिटरको लम्बाइ रहेको र सो सडक निर्माणका लागि यस क्षेत्रका २० स्थानीयवासीलाई रोजगारसहित काममा खटाइएको अध्यक्ष राईले बताए ।

यस्तै सिमले रातापानी सडकअन्तर्गत दुई किमी लम्बाइ सडक निर्माण गर्न २० जना स्थानीयवासी मजदुरलाई प्रयोग गरिन लागेको पनि नगरपालिकाले जनाएको छ ।

खरिटार तीनधारे सडकखण्ड एक हजार ७५० मिटरको लम्बाइको रहेको यो सडकमा २५ मजदुरलाई रोजगारमा लगाइएका छन् भने रातापानी आँपडाँडा सडकअन्तर्गत दुई हजार ५०० मिटर लम्बाइको सडक निर्माणका लागि २७ मजदुर प्रयोग गरिएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस क्षेत्रका महिला, दलित र जनजाति तथा पिछडा र विपन्न वर्गका युवा तथा महिलालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलो पटक रोजगारी प्रदान गरिएको नगरपालिकाकी अधिकृत निशा घलेले बताइन् ।

सो सडक निर्माणका इन्जिनियर चन्द्र ढुङ्गानाका अनुसार पहिला स्थानीयवासी मजदुरलाई एकदिने आधारभूत तालिम प्रदान गरिने र त्यसपछि काममा सहभागी गराउने तयारीमा रहेको छ ।