११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु

अ+ अ-

कास्की । बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ ।

महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को साझेदारीमा अहिले पोखरा–२९ को जनप्रकाश माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकामा सोही वडाको खल्याणमा आधुनिक भवन निर्माणका लागि शनिबार शिलान्यास गरी काम सुरु गरिएको हो ।

११ करोड ४२ लाख लागतमा निर्माण हुने भवन आगामी विसं २०८० फागुन २९ गतेसम्म सम्पन्न गर्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता भएको महानगरका इञ्जीनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार भवन ४० हजार ४९२ स्क्वायर फिटमा रहनेछ । सङ्घ सरकारको विशेष अनुदान र महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो ।

गत वर्षदेखि शिक्षालयले ‘डिप्लोमा इन अटोमोबाइल इञ्जीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जीनियरिङ’को तीनवर्षे कोर्षको पढाइ सञ्चालन गरेको हो ।

सिभिल इञ्जीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरूमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् ।

इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्षअघि अटोमोबाइल विषय अध्यापन गरिए पनि हाल सोको पठनपाठन हुँदैन ।

विशेषगरी विपन्न, दलित, उत्पीडित समाजमा पछि परेका वर्गको क्षमता विकास, सीप तालिमको माध्यमद्वारा सशक्तीकरण गर्दै रोजगारमूलक स्वरोजगार र उद्यमशीलताको विकास गर्न शिक्षालयले भूमिका खेल्ने शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । उनले आफ्नै भवन निर्माणपछि अध्ययन–अध्यापनसहित प्रशासनिक काम सहज हुने विश्वास व्यक्त गरे ।

तीनवर्षे कोर्षका लागि हाल शिक्षालयमा ४८ जनाको कोटा निर्धारण गरी छात्रवृत्तिको व्यवस्थासहित अध्यापन भइरहेको छ । शिक्षालयमा १० कोटा पूर्ण छात्रवृत्ति, छवटा सहुलियत र ३२ कोटा खुलातर्फका रहेका छन् ।

यस वर्ष दुई प्राविधिक विषयको अध्यापन सुरू गरिए पनि शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिकतर्पmका डिप्लोमा इन जियोमेटिक इञ्जीनियरिङ, फरेस्टी, फार्मेसी विषयमा समेत कक्षा सञ्चालन गर्ने योजना रहेको शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी दिए ।

सांसद खगराज अधिकारीले भवन शिलान्यास गर्दै आर्थिक विकासका लागि गुणस्तरीय र प्राविधिक शिक्षा महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस