२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थापाले पार्टी घोषणा गरेसँगै राप्रपाको बैठक प्रभावित

अ+ अ-

काठमाडौँ । कमल थापाले नयाँ पार्टी (राप्रपा नेपाल) घोषणा गर्दा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको केन्द्रीय समिति बैठक प्रभावित भएको छ ।

राप्रपाले बुधवार र बिहीबारका लागि केन्द्रीय समितिको बैठक तय गरेको भएपनि तयारी नपुगेको जनाउ दिँदै बैठक एक साता पर सारेको हो । राप्रपाको केन्द्रीय समिति बैठक फागुन १८ र १९ गते बस्नेछ ।

फागुन ७ गते कमल थापाले राप्रपा नेपाल घोषणा गरेका थिए । थापाले पार्टी घोषणा गरेसँगै राप्रपाबाट केही नेताहरू उनीतिर लागेका छन् । सो क्रम अझै जारी रहने प्रबल सम्भावना रहेको नेताहरूले बताएका छन् । गत मंसिरमा भएको राप्रपाको महाधिवेशनबाट कमल थापा पक्षका पदाधिकारीसहित उल्लेख्य सङ्ख्यामा केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन् । उनीहरूमध्ये अझै पनि लिङ्देनको राप्रपातिरै रहेका छन् ।

थापाले भने पार्टी यसअघिको पार्टी नफुटाउनको ‘गीताको कसम’ अनुसार पार्टी परित्याग गर्दै नयाँ पार्टी गठन गरेका थिए । पार्टी विभाजनको सन्देश नजाने गरी राप्रपाका आफू निकटका नेताहरूलाई राजीनामा गराएर पार्टीमा भित्र्याउने रणनीतिमा थापा छन् । सोही अनुसार उद्धव पौडेल, सुशील श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, राजाराम बर्तौलालगायतले पार्टी परित्याग गरेर कमल थापातिर लागिसकेका छन् । छिट्टै अन्य नेताहरू पनि कमल थापातिर लाग्ने दाबी राप्रपा नेपालका एक नेताले बताए ।

पार्टीका कतिपय केन्द्रीय सदस्यहरू कमल थापातिर लाग्न सक्ने हुँदा तत्काल बैठक राख्न उपयुक्त नहुने निष्कर्षका साथ बैठक सारिएको राप्रपाका एक पदाधिकारीले बताए । अबको केही समयमा को–कता भन्ने स्पष्ट हुने र बैठक बस्ने ती नेताको भनाइ छ । तर, राप्रपाका प्रवक्ता मोहनले भने तयारी नपुगेका कारण बैठक स्थगित गरिएको बताए ।

एमसीसीको विरोधमा पार्टीका भ्रातृ सङ्गठन सडकमा रहेको तथा अन्य तयारीहरू पनि गर्नुपर्ने भएकाले बैठक जम्मा एक साताका लागि सारिएको उनको भनाइ छ । उनले पार्टी एक ढिक्का रहेको भन्दै पार्टीप्रति आकर्षण पनि बढ्दै गएको बताए ।