२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौँडा उपमहानगरपालिकाले सम्झौता गरे २९९ योजना

अ+ अ-

बागमती । हेटौँडा उपमहानगरपालिकाले पूर्वाधार विकास निर्माणका लागि २९९ योजना सम्झौता गरेको छ ।

उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा २९९ वटा योजना सम्झौता गरी कार्यान्वयनमा ल्याइएको छ । यो चालु आर्थिक वर्षको कुल योजनाको २४.१७ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले एक हजार २३७ वटा योजना अगाडि सारेको जनाएको छ ।

योजना महाशाखाका अनुसार चालु आवको प्रथम त्रैमासिकसहित विगत सात महिनामा २९९ वटा योजना सम्झौता गरेको जनाएको छ । चालु आवको प्रथम तीन महिनामा २०६ योजना सम्झौता भएको सो शाखाका किरण थापाले जानकारी दिए ।

उपमहानगरपालिकाको ठेक्कामार्फत नौमध्ये छ वटा योजना सम्झौता भई निर्माण कार्य अगाडि बढेको र दुई वटा योजना बोलपत्र मूल्याङ्कनमा रहेको सो शाखाले जनाएको छ । नौ योजनामध्ये सात वटा आन्तरिक स्रोतबाट तथा दुई वटा बागमती प्रदेश सरकारसँग समपूरक लगानीको रहेको बताइएको छ ।

१० लाखभन्दा कमका योजना सम्बन्धित उपमहानगरपालिकाको वडा कार्यालयले सम्झौता गर्ने भएकाले त्यसको तथ्याङ्क तत्काल उपलब्ध हुन नसकेको बताइएको छ ।

सडक, नाला र पुलसहित अन्य भौतिक पूर्वाधारको विकास निर्माणमा उपमहानगरपालिकाले विशेष जोड दिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

यसैबिच उक्त उपमहानगरपालिकाले चालु आवको छ महिनामा १५ करोड ३१ लाख ५१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । सो रकम सम्पत्ति करसहित विभिन्न शीर्षकबाट असुल भएको बताइएको छ ।