२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल ल्याइयो अमेरिकाबाट ७ वटा साँढे

अ+ अ-

काठमाडौँ । व्यावसायिक गाई पालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ ।

नस्ल सुधारका लागि पहिलो पटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रवार नेपाल ल्याइएको हो ।

विश्व बैङ्कको सहयोगमा कृषि तथा पशुपक्षी मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाअन्तर्गत मेट ग्रुपले ल्याएका ती साँढे हाल खुमलटारस्थित पशु क्वारेनटाइनमा राखिएको छ ।

चार/पाँच दिनपछि ती साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन केन्द्रमा पठाइने आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत डा. केशव भट्टले जानकारी दिए । नौ महिनादेखि एक वर्षको वयस्क भएका ती साँढेबाट केही वर्षभित्रै नश्लसुधार भई देशभरि व्यावसायिक गाई पालन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

अमेरिकाबाट ल्याइएका साँढेबाट होल्स्टीन, जर्सी र स्थानीय जातका गाईलाई कृत्रिम गर्भाधान गराइसकेपछि त्यहाँ उत्पादन हुने सिमेन किसानलाई निःशुल्क रूपमा वितरण गरिने डा. भट्टले जानकारी दिए । अब नेपाली किसानले नस्ल सुधारपछि धेरै फाइदा लिन सक्ने र यसबाट उनीहरूको जीवनस्तरमा निकै सुधार आउने उनको विश्वास छ ।

विदेशबाट पशु ल्याउनेसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा र कोरोना महामारीका कारण झन्डै एक वर्षको प्रयासपछि मात्रै ती साँढे ल्याउन सकिएको मेट ग्रुपका प्रबन्धक निर्देशक सारिन केसीले बताए । उनले भने, ‘सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेशबाट ल्याउने प्रयास असफल भएपछि कोलताका र दोहाबाट पनि कोसिस गर्‍यौँ, सम्भव नभएपछि अन्तिममा नयाँ दिल्लीबाट नेपाल वायुसेवा निगमको विमानमार्फत ल्याउन सक्यौँ ।’

जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उनले बताए ।

सुरुमा एक करोड ३० लाखमा सम्झौता भएकामा ढिलासुस्तीका कारण खर्च बढेर दुई करोड पुगेको उनको भनाइ छ । प्रति साँढे १८ लाखमा खरिद गरिएकामा पछि लागत बढ्न जाँदा झन्डै २६ लाख पर्न गएको छ ।

सम्झौता भएको रकमभन्दा घाटा नै खाएर साँढे नेपाल ल्याउन सफल भएको बताउँदै केसीले भने, ‘यसमा हामीलाई निकै घाटा पर्न गएको भए पनि देशमा व्यावसायिक गाई पालन गर्न सहयोग पुग्ने आशा गरेका छौँ ।’

साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्वीक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलो पटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।