काठमाडौं । गत फेब्रुअरी ३ मा अमेरिकी राष्ट्रपति जो बाइडनले इस्लामिक स्टेट (आईएस) समूहका जिन ‘खलिफा’ अबू इब्राहिम अल हाशिमी कुरैसी मारिएको जानकारी दिएका थिए । चरमपन्थी समूहले बिहीबार मात्र उनको निधन भएको पुष्टि गरेको छ ।
यो कुरा आईएसले एक अनलाइन पोस्टमा अडियो सन्देशमार्फत पुष्टि गरेको हो । साथै नयाँ ‘खलिफा’ मा अबु अल हसन अल–हाशमी अल–कुरैशीको नाम घोषणा गरिएको छ । तर उसले नयाँ खलिफाबारे थप जानकारी भने दिएको छैन । त्यस्तै अबु इब्राहिमको मृत्यु कहिले, कसरी र कहाँ भयो भन्ने कुरा पनि खुलाएको छैन ।
बिहीबार आईएसका प्रवक्ता अबु उमर अल-मुहाजिरले अडियो सन्देश पोस्ट गरेका थिए । मुजिरले आफूभन्दा अघिका प्रवक्ता अबु हम्जा अल(कुरैशीको पनि हालै मृत्यु भएको बताए । मुहाजिरले नयाँ नेताको बारेमा अरू केही बताएनन् तर समर्थकहरूलाई उनीप्रति आफ्नो वफादारिता कायम राख्न आग्रह गरे।
राष्ट्रपति बाइडन आफैले फेब्रुअरी ३ का दिन राति अबेर अबु अल हसन अल(हाशमी अल कुरैशीको मारिएको बताएका थिए । विशेष सैन्य बलले छापा मार्दा उनले आत्महत्या गर्न अघि आफ्नो परिवारको हत्या गरेको बाइडनको भनाइ थियो । कारबाहीको विस्तृत विवरण दिँदै बाइडनले भनेका थिए, ‘विश्वका लागि ठुलो आतङ्कवादी खतरा हटेको छ ।’