१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ कसूर मुद्दामा ठेकेदार अनुप पाण्डे काठमाडौँबाट पक्राउ

अ+ अ-

दाङ । दाङका निर्माण व्यवसायी अनुप पाण्डे काठमाडौँबाट पक्राउ परेका छन् ।

डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनलाई काठमाडौँको काँडाघारीबाट शनिबार पक्राउ गरेको हो । पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका तुलसीपुर उपमहानगरपालिका–८ अश्वारका ३० वर्षका पाण्डेले सवारी साधन प्रयोग गरी भाडा बापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ दिनुपर्ने व्यवसायी गेहेन्द्र बस्नेतले बताएका छन् ।

तर पाण्डेले दिएको सानिमा बैंकको एक करोड आठ लाख ५७ हजार ७७६ रुपैयाँको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका पाण्डे तुलसीपुर मेयर एवं नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस