२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सहकारी कर्मचारी सङ्घको अध्यक्षमा श्रेष्ठ

अ+ अ-

काठमाडौँ । पेसागत महासङ्घ नेपालमा आबद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी सङ्घ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ चयन भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न भएको सहकारी कर्मचारीको बृहत् भेलाले श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा धनबहादुर खत्री, राधा कडरिया र प्रशान्त जिसी चयन भएका छन् भने महासचिवमा गङ्गाप्रसाद रिजाल, उपमहासचिवमा पुरुषोत्तम श्रेष्ठ, सचिवमा मनीषा लम्साल र कोषाध्यक्षमा तुलसीराम थापा चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा पेसागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार खनालले सहकारीलाई सुशासनयुक्त संस्थाका रूपमा विकास गर्दै उत्पादनमुखी क्रियाकलापमा लैजानुपर्नेमा जोड दिए ।

देशमा ३४ हजारको हाराहारीमा रहेका सहकारीमा एक लाख ५० हजार कर्मचारी आबद्ध भएको प्रसङ्गमा उनले एकताले शक्ति निर्माण गर्ने भन्दै सहकारीले सामूहिक सोच र योगदानमा आधारित काममा जोड दिनुपर्ने बताए ।

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य गोपाल बराल, केन्द्रीय सदस्य तथा जिल्ला कमिटी काठमाडौँका अध्यक्ष कुसुमकुमार कार्की, पेसागत महासङ्घका महासचिव रामप्रसाद रिमाल, सहकारी कर्मी राधा कडरिया, सेवा निवृत्त कर्मचारी सङ्गठनका बेध निधि निरालालगायतले राष्ट्र निर्माणमा सहकारीले खेलेको भूमिकाबारेमा चर्चा गरेका थिए ।

पेसागत महासङ्घ नेपालका सचिवालय सदस्य तथा सहकारी इन्चार्ज धरणीधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमले तीन बुँदे प्रस्तावसमेत पारित गरेको नवगठित समितिका महासचिव गङ्गाप्रसाद रिजालले बताए। भेलाले सरकारलाई राष्ट्रिय श्रम आयोग गठन गर्न जोडदार माग गरेको छ ।

यस्तै सहकारी क्षेत्रका श्रमिकका आर्थिक तथा सामाजिक सवालको सम्बोधन गर्न छ महिनाभित्र प्रदेश तथा जिल्ला समिति गठन गरी राष्ट्रिय भेला गर्नसमेत प्रस्ताव पारित गरेको छ ।